रुकुम चौरजहारी सोतीमा भएको घटनामा ज्यान गुमाएका रुकुम चौरजहारी नगरपालिका १ कै स्थानीय टिकाराम सुनारका परिवारलाई स्थानीय सरकार लगायतका बिभिन्न ब्यक्तिहरुबाट किरियाखर्चको लागि रकम सहयोग भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको तर्फबाट किरियाखर्च मार्फत ३० हजार प्रदान गरिएको हो ।
चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्मा आफै मृतकको घरमा गएर किरिया खर्च सहित केहि खाद्यान्नपनि प्रदान गरेका हुन । उनीसंगै रुकुम पश्चिम प्रदेश सांसद गोपाल शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) जिल्ला अध्यक्ष समेत रहेका शर्मा सहित अर्का प्रदेश सांसद देबि ओली, अन्य नेताहरु चन्द्र वहादुर विश्वकर्मा सहितको एक टोलि त्यहाँ पुगेको थियो । भेटघाट कार्यक्रममा संसद तथा पार्टीका नेताहरुले मृतक परिवारका सदस्यहरुलाई यो दुखको घडिमा धैर्य धारण गर्न आग्रह गर्दै घटनालाई गम्भीर रुपमा लिएको बताए ।

घटनाको अनुसन्धान पछि सत्यतथ्य कुरा वाहिर आउने र पिडितले न्याय पाउने भनाई राखे । त्यस्तै नेपालीका परिवारलाई अन्य ब्यक्तिहरुले पनि सहयोग गरेका छन । परिवारलाई किरिया खर्च स्वरुप विभिन्न ब्यक्तिहरु बाट सहयोग रकम प्रदान गरिएको हो । जसमा नेपाली काँग्रेस जाजरकोटका नेता राजिव बिक्रम शाहले २५ हजार, नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले २५ हजार, राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरीले १० हजार र सांसद तिर्था गौतमले १० हजार रकम सहयोग गरेको बताईएको छ
