बलबहादुर खत्री
बुधबार दिउँसो चलेको हावाहुरीले रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नंम्बर ८ धपेमा रहेको स्वास्थ्य चौकीमा क्षति गरेको छ । हावाहुरीले करिब १० लाख जतिको क्षति गरेको स्वास्थ्य चौकी धपेका इन्चार्ज हरि बहादुर केसीले जानकारी दिए । उनका अनुसार हावाले जस्ता पाता, सोलार लगायतका समाग्रीमा क्षति गरेको छ । हावाले सोलार सिस्टममा क्षति गरेपछि विशेष गरी ल्याप तथा अन्य उपचारमा समस्या भएको छ । यस समस्याको बिषयमा गाउँपालिका सँग कुरा राखिएको र गाउँपालिकाले छिटै स्वास्थ्य चौकी पुनःनिर्माण र सोलार स्टिम मर्मतको काम शुरु गर्ने बिश्वास गरिएको छ । त्यस्तै हावाहुरीले जनसुधार आधारभूत विद्यालयको छाना पनि उठाएर छ । जस्ता पाताले छाएको २ कोठे भवनको छाना उडाउँदा १ लाख बढीको क्षति भएको बताईएको छ ।
फेसबुक प्रतिक्रियाहरु
