मेगराज खड्का
रुकुम
रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा शनिबार साँझ भएको घटनामा अनुसन्धान गर्न थप स्थानीयलाई पक्राउ गरिएको छ । पिडितको किटानी जाहेरी आरोपमा बिहीबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले थप ६ जनालाई पक्राउ गरेको हो ।
रुकुम पश्चिम प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार किटानी जाहेरी गरिएका मध्य १८ जना पक्राउ परिसकेका छन भने अन्य दुई जनालाई पनि प्रहरीले खोजतलास गरिरहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि १२ जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको थुना आदेश लिएर अनुसन्धान भैरहेको छ ।
सोतीगाउँकी एक मल्ल थरकी किशोरीलाई विवाह गर्न भनी जाजरकोटबाट आएका नवराज विक र उनीसँगै आएको १८ जनाको समूहमा जातीय भेदभाव गर्दै गाउँलेले आक्रमण गर्दै लखेटेर ज्यान लिएको आरोप छ । घटनाको बिषय रुकुम पश्चिम र जाजरकोट प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु