नेपालका नेता भारतका हलिहरु हुन ?

Byआहा सञ्चार

२०७७ जेष्ठ १५, बिहीबार १७:१८ गते

हस्तबहादुर केसी
यहाँ केही विवाद छैन कि नेपालका नेताहरू भारतका हलिहरु हुन् । नेपालका नेताहरु भारतीयहरुको खेत जोत्न ज्यादै बलिया छन् । यति बलिया छन् कि हर्कुलस जस्तै बलिया छन् । हर्कुलस यति बलिया थिए कि उनलेे सुमेरु पहाड बोकेर हिड्ने गर्दथिए । उनको बल ( ताकत) कुनै सिमा थिएन ।
त्यस्तै नेपालका नेताहरु पनि हर्कुलस जस्तै बलिया र ताकतदार छन् , उनीहरूले चाहे भने नेपाली भूमि बाँझै राखेर भए पनि सारा भारतीय भूमि जोत्न सक्छन् र पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणदेखि हालसम्मका सबै नेताहरुले नेपालमा डेरा डण्डा गरेर भारतीय भूमि बेस्सरी जोत्ददै आएका छन् , किनकि उनीहरू भारतका निकै बलिया हलिहरु हुन् ।
भारतका निकै बलिया हलि बन्दै आएका नेपालका नेताहरूले भारतको धुले जग्गा मात्र जोतिहरेका छैनन् कि उनीहरूले नेपालका कोसी , गण्डकी , महाकाली , कर्णाली समेतका नदी नालाहरु भारतलाई कौडीको मूल्यमा बेचेर हिलाम्मे खेतहरु जोत्ददै आएक छन् । भारतीय भूमि ज‍त्ने र मलजल गरेर आफ्ना भारतीय मालिकहरु खुसी तुल्याउदै र रिझाउदै आएका छन् ।
भारतीय खेतलाहरुको रुपमा चीर परिचित नेपालका नेताहरु भारतीय विस्तारवादले नेपालको ७१ स्थानमा सिमा अतिक्रमण गरुन्जेलसम्म, उसले नेपालको ६१ हजार भन्दा बढी हेक्टर जमिन हडप्दासम्म चू सम्म पनि गर्न सकेनन् ।वर्षौौ देखि भारतीय विस्तारवादले सुस्ता – महेशपुर , मानेभञ्ज्याङ , पसुपति नगर र काला पानीमा समेत जमिन हडप्दासम्म एक शब्द चू सम्म गर्न सकेनन् ।
भारतीय विस्तारवादले ५९ वर्ष देखि नेपाली भूमि काला पानीमा भारतीय सेना क्याम्प राखिरहदासम्म एक शब्द पनि बोलेनन् , उल्टै उसको बिरुद्धमा जनता र राजनीतिक पार्टी र तिनका नेता , कार्यकर्ताहरुलाई गोली ठोक्ने र जेलमा कोच्ने कार्य गर्दै आयो । भारत बिरोधि तथा देशभक्त सपूतहरु चिनीया काजी श्रेष्ठ , भिमदत्त पन्त , लक्ष्मी पाण्डे , गोविन्द गौतमहरुलाई गोली ठोकेर , भीमदत्तको टाउको छेकेर निर्ममतापूर्वक हत्या गर्दा सम्म भारतीय विस्तारवादका खेतलाहरु एक शब्दसम्म पनि बोलेनन् । उनीहरूको हत्याको बिरोध गर्नेहरुलाई गोली ठोक्दै हिडे ।
नेपाली भूमि काला पानीमा सन १९६२ ( वि स २०१९ ) देखि भारतीय सेना तैनाथ गरिएकोमा शुरुदेखि ने देशभक्त नेपाली जनता र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु , देशभक्त तथा जनवादी शक्तिहरुले घोर विरोध गर्दै आए । नेपालका नेताहरु एक शब्द बोलेनन् , उल्टै जनतालाई बन्दुकले दबाउदै आए ।
२ नोभेम्बर २०१९ ( वि स २०७६ कार्तिक १६ ) नेपाली भूमि काला पानी , लिपुलेक र लिम्पियाधुरा समेटेर भारत सरकारले राजनीतिक नक्सा प्रकाशित गर्यो । त्ससको लगत्तै नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) विरोध प्रदर्शन गर्य‍ो । त्सस पछि क्रान्तिकारी माओवादी सहितको दश दलीय मोर्चाले विरोध प्रदर्शन गर्दै आयो । नेकपा ( क्रान्तिकारी माओवादी ) काला पानी , लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा तयार गरेर देहव्यापी रुपमा वितरण गर्यो र कार्यलयहरुमा उक्त नक्सा झुन्ड्याउदै आयो । त्यसो गरिरहेको बेला ओली सरकारले क्रान्तिकारी कम्युनिस्टहरूमाथि लाठी वर्षायो ।
यहीं २०७७ बैशाख २६ गते भारत सरकारले लिपुलेकमा ८० किलोमिटर बाटो उद्घाटन गर्यो । वर्षौौ पहिलेदेखि भारतले लिपुलेक , कालापानी क्षेत्रमा बाटो खन्दै आएको समाचार प्रकाशमा नआएका होइनन् । दलाल सरकार कानमा आौला कोचेर बसिहयो । सुनेको नसुने झै चुप्प लागेर बस्यो ।
तर लाज मेटाउनका निम्ति यहीं जेठ ७ गते ओली सरकारले काला पानी , लिपुलेक र लिम्पियाधुरा समेत समेटिएको राजनीतिक नक्सा प्रकाशित गर्य‍ो । यसलाई जनताको वीरताको जित र उपलब्धिका रुपमा लिन सकिन्छ ।
नेपाल सरकारको नक्सा सहितको निशान छाप रहेको छ । यसलाई प्रचलनमा ल्याउनका निम्ति संविधानको संशोधन गर्नुपर्ने हुन्छ । छिटै संसदको दुई तिहाई मतले पारित गर्ने संबैधानिक व्यवस्था छ । त्यसको लागि संविधान संशोधनको लागि प्रस्ताव स्सदमा दर्ता गरेका थिए ।
भारतीय दवावमा परेर दलाल सरकारले रातारात संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाइएको छ ।
केही दिन पहिले भारत सरकारका भूपू सचिव श्यामशरण नेपाल के आएका थिए । राति होटलमा भेट्ने बित्तिकै एकैसाथ भेट गर्न गएका पार्टीका शीर्ष सैतानहरुलाई फुरुक्कै उत्तानो पारेर नयाँ नक्सा सम्बन्धि संसदमा दर्ता गरेको संशोधन सम्बन्धि विधेयक ठप्पैै पारिदिए र दिउँसो चाहिँ कानुन मन्त्री शिवमाया तुम्वाहाम्फेद्वारा निकाल्न लगाइयो । सत्ताको लालीपप श्यामशरणले पार्टीका शीर्ष सैतानहरुलाई पिलाइदिएपछि संविधान संशोधन गर्ने , निशान छाप फेर्ने विषय पानीका फोका सरह भयो ।
यी भारत हलिहरुले “नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्लान् भन्नु र गोरु ब्याउला र बेगुतो खाउला” भनेर आशा गर्नु जस्तै हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto