आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा भएको घटनापछि बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । जाजरकोट भेरी नगरपालिकाका सन्दिप बिकको छ दिन पछि भेरी नदिमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । यससँगै चौरजहारी घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । उनका अनुसार अझै एक जना गोबिन्द शाही बेपत्ता नै छन । उनको पनि सुरक्षाकर्मी तथा स्थानीयहरुले खोजीकार्य जारी राखेका छन । गोविन्द शाही अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । यसअघि नवराज बिक, टिकाराम सुनार, लोकेन्द्र सुनार र गणेश बुढाको शव भेटिसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु