आहा सञ्चार संबाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिँदै आएका सशस्त्र प्रहरी फिर्ता गरेका छन् । शर्माले बिहीबार गाडीसहित १० जना सुरक्षाकर्मी फिर्ता गरेको उनका स्वकिय सचिब श्रीकुमार कठायतले जानकारी दिए । जसअनुसार सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित विदाइ गरिएको छ । शर्मा रुकुम पश्चिम प्रतिनिधीसभा सांसद पनि हुन । शर्माले राष्ट्र र जनताको सुरक्षा नै मुख्य कुरा भएकाले गाडीसहितको सशस्त्र प्रहरी फिर्ता गर्ने निर्णय गरेको बताईएको छ । भारतीय सिमा, कोरोना रोकथाम र सुरक्षा व्यवस्थापनका लागि परिचालन लगायतका क्षेत्रमा सुरक्षाकर्मी खटाउनुपर्ने आवश्यता भएपनि पूर्वमन्त्रीहरु तथा बिशिष्ठ ब्यक्तिहरुको सुरक्षामा ठुलो संख्यामा सुरक्षाकर्मीहरु खटिदा अभाब भएको भन्दै आलोचना हुने गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto