आहा सञ्चार संबाददाता
रुकुम पश्चिम चौरजहारीमा शनिबार साँझ घटेको घटनाप्रति बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पार्टीका राप्ती ब्युरो इन्चार्ज समरले जारी गरेको बिज्ञप्तीमा उक्त घटनालाई तोडमोड गर्ने हर्कत र षड्यन्त्रहरु भइरहेको भन्दै घटनामा संलग्न दोषीउपर कार्वाही गर्न र घटनाको वास्तविकतालाई ढाकछोप वा विषयान्तर गर्ने षड्यन्त्रहरुप्रति विभिन्न सरोकारवाला निकाय र आम जनतालाई चनाखो हुन अनुरोध पनि गरेको छ । हेर्नुहोस पार्टीले जारी गरेको बिज्ञप्ती

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto