आहा सञ्चार संबाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले रुकुम पश्चिम चौरजहारी घटनाबारे आफूले संसदमा बोलेको भनाइलाई केहिले गलत ढंगले बंग्याएर गलत ब्याख्या गरिएको बताएका छन ।
रुकुम पश्चिमका सांसद समेत रहेका शर्माले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन । आफुले संसदमा बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको उनले बिज्ञप्तीमा उल्लेख गरेका छन । उनले चौरजहारी प्रकरण मानव सभ्यताको खिल्ली उडाउने घटना भएकाले त्यसमाथि निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन ।
बिस्तृत बिवरण हेर्नुहोस उनले जारी गरेको प्रेस बिज्ञप्ती

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto