आहा सञ्चार संबाददाता
रुकुम पश्चिम जिल्ला स्थित बिभिन्न गैरसरकारी संघसंस्थालाई कोरोना भाईरस रोकथाम, उपचार र व्यवस्थापनका लागि एकद्धार प्रणालीबाट राहत उपलब्ध गराउन अनुरोध गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा रुकुम पश्चिमको बैठकले यस्तो निर्णय गरेको हो । वैठक मार्फत, कोरोना महामारी विरुद्ध लड्न यसको संक्रमण रोकथाम र नियनत्रण गरी देशवासी सवैलाई सुरक्षित राख्ने उद्देश्यका साथ नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराउन जिल्ला भित्रका सवै तहहरुमा क्रियाशिल गैर सरकारी संघसंस्थाहरु, नागरिक संगसंगठनहरु, निजि प्रतिष्ठान र इच्छुक नागरिक समुदायका सदस्यहरुलाई एकद्वार प्रणाली बाट राहत उपलब्ध गराउन अनुरोध गरेको हो । जस अनुसार गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा रुकुमको नेपाल वैंक लिमिटेड रुकुम मुसिकोट शाखामा रहेको खाता नम्बर ०७७००१००७२८३४६०००००१ मा रकम जम्मा गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ ।
त्यस्तै स्थानीय सरकारहरु मार्फत भैरहेका कामलाई सजिलो वनाउनका लागि स्थानीय तहमा बिभिन्न समन्वय तथा सम्पर्क ब्यक्तिको रुपमा तोको छ । जसअनुसार चौरजहारी नगरपालिकामा गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेश समितिका सदस्य केवी वस्त्राकार, आठविसकोट नगरपालिकामा महासंघका जिल्ला अध्यक्ष नारायणकुमार शाह, वांफिकोट गाउपालिकामा उपाध्यक्ष शम्भु विसी, त्रिवेणी गाउपालिकामा सचिव शारदा डाङ्गी, सानीभेरी गाउपालिकामा सहसचिव भिमबहादुर डाङ्गी र मुसिकोट नगरपालिकामा सदस्य नरवहादुर नेपालीलाई समन्वय तथा सम्पर्क व्यक्तिको रुपमा जिम्मा दिइएको जिल्ला शाखा अध्यक्ष नारायणकुमार शाहले एक प्रेस नोट मार्फत जानकारी गराएका छन । बिस्तृतमा तल हेर्नुहोस गैरसरकारी संस्था महासंघले गरेका निर्णयहरु ।
गैर सरकारी संस्था महासंघ नेपाल
जिल्ला शाखा रुकुम पश्चिम
कर्णाली प्रदेश
प्रेस नोट
१. गैर सरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा रुकुम पश्चिमको वैठक गैर सरकारी संस्था महासंघ रुकुम पश्चिमको सम्पर्क कार्यालय मुसिकोट खलंगामा मिति २०७७ जेठ १० गते सनिवारका दिन शाखाका अध्यक्ष नारायणकुमार शाहको अध्यक्षतामा वसी विविध विषयमा छलफल तथा निर्णयहरु गरिएको कुरा सम्बन्धित सवैमा जानकारी गराउन पाउदा हामीलाई खुशी लागेको छ ।
२. हाल विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड १९ को सन्दर्भमा अलि वढि केन्द्रीत रहेर छलफल गरिएको उक्त बैठक सामाजिक दुरी कायम राखी अन्य आवश्यक सावधानीका उपायहरु अवलम्बन गरी सौहाद्र्धपूर्ण वातावरणमा सम्पन्न भएको कुरा सम्बन्धित सवैमा जानकारीका लागि सादर अनुरोध गर्दछौं ।
३. बैठकले, हाल संसारभरी फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण विरुद्ध लड्न र यसबाट सुरक्षित भई बच्न प्रत्येक नागरिक, घरपरिवार, समुदाय र यसका सदस्यहरुले आ–आफ्नो तर्फबाट नेपाल सरकार, तथा विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डमा रहि व्यवहार अपनाई नेपाल सरकारले लागु गरेको लकडाउनको पूर्ण पालना गर्न गराउनुहुन सवैमा हार्दिक अपिल गरेको छ ।
४. वैठकले, महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण र अलवा यसका विरुद्ध लड्न व्यवस्थापकिय दृटिकोणले नेपाल सरकार, स्थानीय प्रशासन र स्थानिय तहहरुले अवलम्बन गरेको निति र प्रयासलाई सह्रानिय भएको निष्कर्ष निकालेको छ ।
५. यस महासंघको जिल्ला शाखा रुकुम पश्चिम, यो बैठक मार्फत कोरोना महामारी विरुद्ध लड्न र यसको संक्रमणबाट बच्न स्थानिय प्रशासन र त्यसका अधिकारीहरु स्थानिय तहका सरकार र तिनका जनप्रतिनिधि पदाधिकारी एवं अधिकारीहरुलाई एक्लोपनाको महशुस हुन नदिनेगरी जिल्लाका सवै स्थानीय तहमा क्रियाशिल सवै गैर सरकारी संघ संस्था र तिनका पदाधिकारी प्रतिनिधि सदस्यहरुका साथै आम नागरिक समुदायका सदस्यहरुलाई आ–आफ्नो ठाउबाट स्थानीय तहका प्रशासक, सरकारका जनप्रतिनिधि, पदाधिकारीहरुसंग आवश्यक सावधानी सहित आपसी समन्वय, सहकार्य एवं सेवाभावमा समर्पित भएर संगसंगै काम गर्न आग्रह गर्दछ । यो कामलाई सजिलो वनाउनका लागि चौरजहारी नगरपालिकामा गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेश समितिका सदस्य केवी वस्त्राकार, आठविसकोट नगरपालिकामा महासंघका जिल्ला अध्यक्ष नारायणकुमार शाह, वांफिकोट गाउपालिकामा उपाध्यक्ष शम्भु विसी, त्रिवेणी गाउपालिकामा सचिव शारदा डाङ्गी, सानीभेरी गाउपालिकामा सहसचिव भिमबहादुर डाङ्गी र मुसिकोट नगरपालिकामा सदस्य नरवहादुर नेपालीलाई समन्वय तथा सम्पर्क व्यक्तिको रुपमा जिम्मा दिइएको कुरा पनि सम्बन्धित सवैलाई जानकारी गराउदछ ।
६. जिल्ला शाखा रुकुम पश्चिम यो वैठक मार्फत, कोरोना महामारी विरुद्ध लड्न यसको संक्रमण रोकथाम र नियनत्रण गरी देशवासी सवैलाई सुरक्षित राख्ने उद्देश्यका साथ नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा सहयोग उपलब्ध गराउन जिल्ला भित्रका सवै तहहरुमा क्रियाशिल गैर सरकारी संघसंस्थाहरु, नागरिक संगसंगठनहरु, निजि प्रतिष्ठान र इच्छुक नागरिक समुदायका सदस्यहरुलाई एकद्वार प्रणाली अन्तरगत गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा रुकुमको नेपाल वैंक लिमिटेड रुकुम मुसिकोट शाखामा रहेको खाता नम्बर ०७७००१००७२८३४६०००००१ मा रकम जम्मा गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दै तत् ठाउका स्थानीय तह मार्फत पनि सहयोग गर्न सकिने कुरा अवगत गराउदै अन्य आवश्यक समन्वय र सहकार्यका लागि अध्यक्ष नारायणकुमार शाह ९८४७९९९३२२, र उपाध्यक्ष शम्भु विसी ९८४७९३६०८२ लाई सम्पर्क गर्न सकिने कुरा समेत सम्बन्धित सवैमा जानकारी गराउदछ ।
७. र अन्तमा जिल्ला शाखाको वैठकले, कोभिड १९ सम्बन्धि दैनिक रिपोर्टिङ्ग, समन्वय, सहकार्य लगायतका अन्य आवश्यक कामहरुको संयोजन गर्नकालागि अध्यक्ष नारायणकुमार शाहलाई संयोजकको जिम्मेवारी दिने निर्णय गर्दै नेपाल सरकार, स्थानीय प्रशासन, स्थानीय तहका सरकारहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, गैर सरकारी संस्था महासंघ नेपाल केन्द्रीय समिति, प्रदेश समिति, राजनैतिक दलहरु र सञ्चारकर्मीहरुले महामारीको रुपमा विश्वव्यापी फैलिरहेको नोवेल कोराना भाइरस कोभिड १९ को संक्रमण विरुद्ध लड्नका लागि गरेको प्रयासलाई विशेष योगदानका रुपमा लिंदै त्यस प्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक आभार र धन्यवाद व्यक्त गरेको छ । अझै उच्च सतर्कता र मनोबलका साथ सघन रुपमा क्रियाशिल रहन पनि अनुरोध गर्ने निर्णय गरेको कुरा सम्बन्धित सवैमा यसै नोट मार्फत जानकारी गराउदछौं । धन्यवाद ।
नारायणकुमार शाह
अध्यक्ष
