आहा सञ्चार संबाददाता
कर्णाली प्रदेश सरकारको शुक्रबार बैठक बसेको छ । बैठकले कोरोना भाईरस रोकथाम, उपचार र व्यवस्थापनका बिषय सगै अन्य बिभिन्न ६ महत्वपुर्ण निर्णयहरु गरेको छ । बुधबार कर्णाली प्रदेश सरकारका प्रवक्ता बिमला केसीले बैठकको निर्णयहरु सार्वजनिक गरेकी छिन ।
जस अनुसार बैठकले कर्णाली प्रदेशमा कोरोना महामारी झन् फैलिन थालेको तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षासम्बन्धी अन्य कार्यहरुमा समेत खटिनु पर्ने हुँदा महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार तथा क्वारेण्टाइन व्यवस्थापनमा समस्या हुने देखिएकोले यस कार्यका लागि नेपाली सेना समेत परिचालन गर्नुपर्ने स्थिति पुगेको भन्दै उक्त स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को कारणबाट रोजगारी गुमाएका र महामारीबाट त्रसित भइ भारतबाट ठूलो संख्यामा नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी रहेको पनि जनाईएको छ । त्यस्तै २०७७ सालमा बिभिन्न ७ दिन प्रदेश स्तरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको छ ।
बिस्तृत निर्णयहरु तल पढ्नुहोस

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto