रुकुम पश्चिमबाट नियमित प्रकाशन भैरहेको आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको सात बर्ष पुरा गरि आठमा बर्ष प्रबेश गरेको छ । बार्षिक उत्सव अवसरमा पत्रिका प्रकाशक सम्पादक मेगराज खड्काले एक बिज्ञप्ती जारी गर्दै हाल सम्म सहयोग र सहकार्य गर्ने पाठक, ग्राहक, बिज्ञापनदाता, संबाददाता, लेखक, कर्मचारी लगायतका सरोकारवाला सबैमा धन्यबाद ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा ब्यक्त गरेका छन ।

२०७० जेठ देखि आहा सञ्चार साप्ताहिक प्रकाशन शुरु भएको थियो । पत्रिका सगै आहा सञ्चार डटकम अनलाईन संस्करण मार्फत पनि देशबिदेश सगै स्थानीय समाचार र बिचारहरु पाठकमाझ ल्याईरहेको छ । शान्ति र समृद्धिको चाहा, समाचार र विचारमा आहा भन्ने मुल नारा लिएर निरन्तर प्रकाशित आहा सञ्चार साप्ताहिकले जनपक्षिय समाचार र विचारलाई केन्द्रमा राख्दै आएको छ । आगामी दिनहरुमा अझै प्रभावकारी तरिकाले सामाग्रीहरु सम्पे्रसन गर्ने बताईएको छ । आहा सञ्चार साप्ताहिक सरकारी स्तरबाट क बर्गमा बर्गीकृत पत्रिका हो । कारोना भाईरस संक्रमण र सरकारी लकडाउन घोषणका कारण यस बर्ष कुनै पनि औपचारिक कार्यक्रम नराखिएको बिज्ञप्तीमा बताईएको छ । अघिल्ला बर्षहरुका बार्षिकोत्सवको अवसरमा चियापन, अन्तरक्रिया र पत्रकार तथा लेखक सम्मान हुदै आएको थियो । त्यस्तै सरकारले बन्दाबन्दी घोषणा गरेपछि आहा सञ्चारको प्रिन्ट संस्करण पनि प्रभाबित बनेको बताएको छ । ‘कोरोना भाइरस संक्रमणबाट जोगिने÷जोगाउने हामी सबैको दायित्व भएको हुँदा बितरण क्रममा हुनसक्ने संभाबित जोखिमका कारण प्रिन्ट संस्करणको केहि अंक बन्द भएका छन भने समय केहि अनुकुल हुने बित्तिकै पुनः प्रकाशनले निरन्तरता पाउने पाठक समक्ष जानकारी गराउदछौं ।’

बिज्ञप्तीमा भनिएको छ, ‘कोरोनाभाइरस महामारीका कारण पत्रिका बन्द हुँदा आहा सञ्चारलाई ठुलो आर्थिक समस्या सृजना भएको छ । नियमित पत्रिका प्रकाशन हुँदा त धौंधौं आफ्नो प्रकाशनलाई निरन्तरता दिईरहेका आहा सञ्चार जस्ता मोफसलका धेरै पत्रिकालाई कोरोनाभाइरस ठुलो समस्याको रुपमा देखा परेको छ ।’ बिशेषगरी बन्द भएका छापा माध्मम सहित समस्यामा रहेका अन्य सञ्चारसंस्थाहरुलाई राहतमुखी कार्यक्रम ल्याउन स्थानीय, प्रदेश र संघीय सरकारहरुलाई हार्दिक अनुरोध समेत गरिएको छ ।

हेर्नुहोस यस्तो छ बिस्तृत बिज्ञप्ती
मिति ः २०७७÷२÷१४
बिज्ञप्ति

शान्ति र समृद्धिको चाहा, समाचार र विचारमा आहा भन्ने मुल नारा लिई रुकुम पश्चिमबाट नियमित प्रकाशनमा रहेको समाचारप्रधान पत्रिका आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको सात बर्ष पुरा गरि आठ बर्षमा प्रबेश गरेको खबर तपाईहरुलाई सुनाउन पाउँदा हामी निकै खुसि भएका छौ । जिल्लामा बिद्युतिय संचारमाध्यमहरुले राम्रो फड्को मारेको भएपनि छापा सञ्चारमाध्यमहरु निरन्तरता र व्यवसायिक अभ्यासमा नआईरहेको अवस्थामा शुरु गरिएको यो यात्रामा सहज पक्कै पनि भएन । यस अवसरमा यो असहज र कठिन यात्रा निरन्तरतामा काँध थाप्ने हाम्रा बिज्ञापनदाता, पाठक, लेखक, कर्मचारी, स्थानीय संबाददाता, जिल्ला स्थित संचारमाध्यम तथा पत्रकार, सरकारी तथा गैरसरकारी कार्यालय लगायत आम सर्बसाधरणहरुलाई हार्दिक धन्यबाद ब्यक्त गर्दै सहयोग निरन्तरताको अपेक्षा गर्दछौ ।
तपाईहरुको नियमित सहयोग र आर्शिबादले ज्ञानसिप, प्रबिधी, आर्थिक र भौतिक समस्या संगै अस्वस्थ प्रतिष्प्रधालाई पनि छिचोलेर निरन्तर यात्रामा लामबद्ध हुन सकेका छौं । आहा सञ्चारले रुकुमको विकास, परिबर्तन र समृद्धिको पक्षमा संगै यस भित्र हुने गरेका बिबिध नराम्रा कुराको बिपक्षमा पनि उभिएर कलम चलायो । जसका कारण आहा सञ्चार सबैको लागि प्रिय हुन नसकेपनि सत्य, तथ्य र बिश्वसनीयता स्थापित गर्न भने सफल भएका छौं । आहा सञ्चारले उठाएका बिषयहरुले जिल्लाको विकास, अर्थतन्त्र, समाज र राजनीतिमा ठुलो प्रभाव राखेका छन । समाचार सामाग्री प्रकाशनपछि धेरै नराम्रा कार्यहरु रोकिएका छन, सुधार भएका छन । निम्न स्तरका जनताहरुको आवाजलाई ठुलो स्थान दिईएको छ । जसको फलस्वरुप नै आज आहा सञ्चार रुकुमको अग्रणी र प्रभावशाली छापा माध्यामको रुपमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै आहा संचार साप्ताहिक सरकारी स्तरबाट (क) बर्गमा बर्गीकरण पर्न सफल भएको छ । यस संगै सरकारी स्तरबाट क बर्गमा बर्गीकरणमा पर्ने आहा संचार जिल्लाकै एकमात्र र पहिलो पत्रिका भएको छ । आठौं बर्षको शुरुवात देखि हामी यसअघिका पक्षहरुका साथसाथै थप पहुँच तथा स्तर बृद्धि अनी संस्थागत विकासको लक्ष राखेका छौं । आउँदा दिनहरुमा हामीले समेट्ने समाचारहरुको घेरा फराकिलो पार्दै लैजाने र पत्रिकाको अनलाईन संस्करणलाई पनि अझै व्यवस्थित गरि बिश्वभर रहेका पाठक सामु पुग्ने प्रतिबद्धता पनि गर्न चाहान्छौ । तर हाल बिश्वमा महामारीको रुपमा देखिएको कोरोनाभाइरस (कोभिड १९) का कारण देशभरका पत्रपत्रिकाहरु प्रभावित भएका छन । सरकारले बन्दाबन्दी घोषणा गरेपछि आहा सञ्चारको प्रिन्ट संस्करण पनि प्रभाबित बनेको छ । कोरोना भाइरस संक्रमणबाट जोगिने÷जोगाउने हामी सबैको दायित्व भएको हुँदा बितरण क्रममा हुनसक्ने संभाबित जोखिमका कारण प्रिन्ट संस्करणको केहि अंक बन्द भएका छन भने समय केहि अनुकुल हुने बित्तिकै पुनः प्रकाशनले निरन्तरता पाउने पाठक समक्ष जानकारी गराउदछौं । तर कोरोना भाईरस संग जोडिएका स्थानीय तथा राष्ट्रिय महत्वका अपडेट सहित अन्य समाचारहरु प्रबिधी र जनशक्तिले भ्याएसम्म हाम्रो अनलाईन संस्करण आहा सञ्चार डटकम मार्फत प्रकाशन गरिरहेका छौं । अनलाईनमार्फत समाचार सामाग्रीहरु नियमित हेर्न, पठ्न र सुन्न पनि हामी सबै अडिएन्सहरुमा हार्दिक अनुरोध गर्दछौं ।
कोरोना महामारीका कारण यस बर्ष पत्रिकाको बार्षिकोत्सव अवसरमा बिगतका बर्षहरुझै औपचारिक कार्यक्रम संचालन गरेर चियापान, अन्तरक्रिया र सम्मान गर्ने सम्पुर्ण गतिबिधीहरु स्थगित गरिएको छ । अन्त्यमा, कोरोनाभाइरस महामारीका कारण पत्रिका बन्द हुँदा आहा सञ्चारलाई ठुलो आर्थिक समस्या सृजना भएको छ । नियमित पत्रिका प्रकाशन हुँदा त धौंधौं आफ्नो प्रकाशनलाई निरन्तरता दिईरहेका आहा सञ्चार जस्ता मोफसलका धेरै पत्रिकालाई कोरोनाभाइरस ठुलो समस्याको रुपमा देखा परेको छ । त्यसकारण बिशेषगरी बन्द भएका छापा माध्मम सहित समस्यामा रहेका अन्य सञ्चारसंस्थाहरुलाई राहतमुखी कार्यक्रम ल्याउन स्थानीय, प्रदेश र संघीय सरकारहरुलाई हार्दिक अनुरोध गर्दछु ।
मेगराज खड्का
प्रकाशक/सम्पादक

फेसबुकमा प्रतिक्रिया दिनुहोस...