प्रेस काउन्सिल नेपालले दुई महिनाको बिचमा बिभिन्न २२० वटा समाचार सामग्री तथा संचारमाध्यम माथी कारवाही तथा स्पष्टिकरण लगायतका प्रकृयाहरु अपनाएको छ । यस क्रममा बिभिन्न ७० ओटा अनलाइनलाई देशभर प्रकाशन प्रसारण हुन नसक्ने गरी कारबाही समेत गरेको जनाएको छ । काउन्सिलका सह प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दिपक खनालले शुक्रबार जारी गरेको विज्ञप्तिमा चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको हो ।

जस अनुसार ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण, २२ वटालाई सचेत, ४० वटालाई निर्देशन, १४ वटालाई ध्यानाकर्षण र एउटालाई अन्तिम चेतावनी समेत दिईएको छ । यस्तै नेपालभित्र प्रकाशन प्रशारण हुन नसक्ने गरी वेवसाइट बन्द गराइएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि सूचिकरण नभएका अनलाईनहरु हुन । बन्द गराइएका, स्पष्टिकरण सोधिएका तथा अन्य कारबाही प्रकृया अपनाइएका अनलाइनहरूले कोरोना तथा अन्य बिषयमा भ्रमपुर्ण र गलत समाचारहरु सम्प्रेषण गरेको बताईएको छ । हेर्नुहोस, कुनकुन अनलाईन तथा मिडियाहरुलाई कस्तो प्रकारको कारवाही प्रकृया अपनाईएको छ ।

बिस्तृत हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

१)   स्पष्टीकरण/जवाफ माग गरिएका/सचेत, ध्यानाकर्षण गराइएका सञ्चारमाध्यमहरू

२)   नेपालभित्र प्रकाशन/प्रसारण हुन नसक्ने बनाइएका वेबसाइटहरू

३)   कोरोना संक्रमणसम्बन्धी समाचारउपर उजुरी

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto