नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको छ । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले केहिबेरअघि (बुधबार) नेपालको अन्तराष्ट्रिय सीमा भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा नेपाल टेलिभिजन मार्फत सार्वजनिक गरेकी हुन् । यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको ३१० वर्गकिलोमिटर भूभाग थपिएसगै अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु