आहा सञ्चार संबाददाता
बङ्गाल खाडीमा उत्पन्न भएको शक्तिशाली अंपुन चक्रवातको नेपालमा पनि सामान्य असर देखिन सक्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदली संगै पूर्वी भूभागका धेरै स्थानहरु, मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका थोरै संगै मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको जनाएको छ ।

त्यस्तै हिमाली भुभागहरुमा हिमपातको समेत संभावना रहेको छ । जसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन समेत अनुरोध गरेको । यो चक्रवात आजदेखि जमिनमा ठोक्किएर आउँदो शनिवारसम्म यसको प्रभाव रहने जनाइएको छ । जलसहितको आँधीले सबैभन्दा धेरै वङ्गालादेशमा प्रभाव पार्ने जनाइको छ । १५५ देखि १८५ किलोमिटरसम्म प्रतिघण्टाको दरमा अगाडि बढिरहेको हो ।
बङ्गालको खाडीमा विकसित भएर जमिनतिर अघि बढिरहेको एउटा शक्तिशाली समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ । अम्पुन नाम दिइएको उक्त चक्रवात अब केही घण्टामा भारत र बाङ्ग्लादेशको सीमामा बज्रिने अनुमान गरिएको छ । उक्त चक्रवातको सम्भावित मार्गमा पर्ने स्थानबाट दुवै देशले लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारिसकेको बिबिसीले जनाएको छ ।
हेर्नुहोस यस्तो छ, मौसम पूर्वानुमान महाशाखाले जानकारी गरेको मौसम सूचना तथा चक्रवात चेतावनी बुलेटिन ।

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७७-०२-०७, विहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भु-भाग लगायत  प्रदेश नं ५ को केहि स्थानहरुमा  मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भु-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ  गते (बुधबार)

दिउँसोः  देशको  पूर्वी  भू-भागहरुमा  पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य  बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी    भू-भागका   धेरै स्थानहरु, मध्य भू-भागका   केही  स्थानहरुमा  र पश्चिमी भू-भागका   थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ   सहित  हल्का  देखि मध्ययम वर्षाको  सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी  उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ।

रातीः  देशको  पूर्वी  भू-भागहरुमा  पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य  बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी    भू-भागका   धेरै स्थानहरु, मध्य भू-भागका   केही  स्थानहरुमा  र पश्चिमी भू-भागका   १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी  सहित  हल्का  देखि मध्ययम वर्षाको  सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी  उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ।

जेठ  गते (बिहीबार)

दिउँसोः देशको  मध्य तथा पूर्वी  भू-भागहरुमा  पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी    भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका   १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  हल्का  देखि मध्ययम वर्षाको  सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी  उच्च हिमाली भु-भागका १-२  स्थानहरुमा  हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

रातीः  देशको  पूर्वी  भू-भागहरुमा  पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य  बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी    भू-भागका   केहि स्थानहरु र पश्चिमी भू-भागका   १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  हल्का  देखि मध्ययम वर्षाको  सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संभावना रहेको छ।

जेठ  गते (शुक्रबार)

दिउँसोः देशको  पूर्वी  भू-भागहरु लगायत मध्य र पश्चिमी पहाडि भु-भागमा सामान्यतया बदली रहि   बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी    भू-भागका   केहि स्थानहरु साथै मध्य र  पश्चिमी पहाडि भू-भागका   थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  हल्का  देखि मध्ययम वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको  पहाडि भु-भागमा सामान्य  बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडि भू-भागका   १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित  हल्का   वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदली संगै पूर्वी    भू-भागका   धेरै स्थानहरु, मध्य भू-भागका   केही  स्थानहरुमा  र पश्चिमी भू-भागका   थोरै संगै मेघगर्जन/चट्याङ/हावाहुरी  सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको साथै हिमाली भु-भागहरुमा हिमपातको समेत संभावना रहेको छ जसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने संभावना  रहेकोले आवश्यक  सतर्कता अपनाउन हुन अनुरोध छ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto