VIA test र महिला जागरण

Byआहा सञ्चार

२०७६ पुष ६, आईतवार १८:५१

 कमला केसी

विश्वमा सर्ने रोग भन्दा नसर्ने रोगबाट मानिसको मृत्यु  बढी भइरहेको  सुन्दै आएका छौ l क्यान्सर! क्यान्सर! क्यान्सर !!!  क्यान्सरबाट मृत्यु हुने महिलाहरु मध्ये पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्यु पनि प्रमुख हो l  विश्वमा बर्षेनी दुईलाख अठासी हजार मृर्त्युमा  पाच लाख दश हजार नयाँ केसहरु आउछन l  यो तथ्यांकमा ८५ प्रतिशत कम र मध्ये आय स्तर भएका मुलुक नै पर्दछन l  विश्व स्वास्थ्य संगठन(WHO) एक लाख महिलाहरुमा २४.२ जनामा यो क्यान्सर देखिएको छ  भने प्रत्येक बर्ष तीन हजार पाच सय चार नयाँ केस पत्ता लगाइन्छ l  दक्षिण एशियामा भारत बढी प्रभावित छ l  पाठेघरको मुखको क्यान्सर हुनु भन्दा सबै महिलाहरुले पाठेघरको स्क्रेनीङ गराउनु अत्यन्त जरूरी हुन्छ lजसबाट समयमै रोग पत्ता लाग्छ र बच्न सकिन्छ l  cervical screening बाट बिरामी दर र मृत्यु दर घटाउन सकिन्छ l   नेपालमा  महिलाहरुमा  हुने क्यान्सर मध्ये पाठेघरको  मुखको क्यान्सर  पहिलो स्थानमा पर्न आउंछ l  यो समस्याको कारण बर्षेनी कयौ महिलाहरुले ज्यान गुमाउनु पाएको छ l  यो समस्या हिमाली र  पहाडी जिल्लामा ब्यापक छ l  तराई र शहरी क्षेत्रमा यो समस्या नभएको त होइन तुलनात्मक रुपमा कम छ l   यो हुनुमा  प्रमुख  कारणमा ह्युमन प्यापिलोमा भाइरस ( Human papivirus, HPV ) को संक्रमण  रहेको छ l  जुन भाइरस  शारीरिक सम्पर्कको माध्यमबाट सर्दछ l  धेरैजसो  HPV  को संक्रमण आफै निको भएर जान्छ  तर  कहिले काहिँ पछि गएर क्यान्सरको बिकास  गराउछ l  यो क्यान्सर  सामान्यतया ४० देखि ७० बर्षका उमेर समूहका महिलामा  देखा पर्दछ l  महिलाहरुमा  समस्या  भएतापनि  आफ्नो समस्या आफै देखाउन  नसकी लामो समयसम्म रोग  लुकाई रहेको  तथ्य आज पनि यथावत  नै  रहेको पाईन्छ l  यस्ता  लुकेर बसेका  महिलाहरुको  समस्या  समयमै पहिचान  गर्न सकेमा  उपचार गर्न पनि  सहज हुने भएकाले  समस्या पहिचान गर्न  अत्यन्तै आबश्यक  रहेको छ l  महिलाहरुमा  देखा पर्ने  पाठेघरको  मुखको क्यान्सर जांच  गर्ने  बिभिन्न तरिकाहरु मध्ये Pap  smear  test  र  VIA test  प्रमुख  प्रख्यात  तरिकाहरु   रहेका छन् l  

 अशिक्षा,रुढीवादी परम्परा,धार्मिक अन्धविश्वास, र  सांस्कृतिक ,नैतिक लगायत कामको बोझ  कारणहरुले  गर्दा  महिलाहरु  आफ्नो समस्या  देखाउनबाट बन्चित  रहेका  छन्   सामान्यतया एउटा  स्वस्थ  महिलाले पनि  आफ्नो  पाठेघरको  मुखको  क्यान्सरको जांच  हरेक  बर्षमा  एक पटक  गर्नुपर्ने  हुन्छ ,जसले गर्दा  समयमै  अवस्था  पत्ता लगाई आबस्यकता अनुसारको  उपचारमा  सहयोग हुने गर्दछ l  तर पनि यसमा लापरबाही गरेर  जांच नगरेको  नै  पाईन्छ जसबाट भबिष्य जटिल समस्याको सामना गर्नु पर्दछ  l यस  प्रकारको समस्या  पहिचान  गर्न  मुसिकोट  नगरपालिका  रुकुम (पश्चिम) नगर स्वास्थ्य शाखाको आयोजनामा  सबै महिलाहरुलाई  समेट्ने  गरि  जुन ठाउमा बढी प्रभावित छन् त्यसमा प्रत्येक वर्ष VIA जांच गर्ने कार्यक्रम संचालन गर्दै आएको छ l  यो कार्य जिल्ला स्वास्थ्य कार्यलयबाटहुदै आएकोमा अहिले स्थानीय तहबाट हुदै आएको छ l  गत बर्ष मु न पा १४मा संचालन भएको थियो भने यस बर्षको पनि दुइवटा वडाको   लागि  योजना  बनाई  screening गर्ने  कार्यक्रम तय  गरिएको छ l  सो कार्यक्रमको स्थान , मिति र समय विभिन्न माध्यमबाट  सेवाग्राहीलाई  जानकारी गराइने छl  

VIA test   भनेको के हो ? : (Visiual Inspection with Acetic Acid)अर्थात् VIA test cervical  cancer Screening का लागि  गरिने  test हो  जसमा  महिलाहरुको  पाठेघरको मुखमा  एसिटिक एसिड (acetic acid)  राखेर  त्यसको  रंग परिवर्तन  भए नभएको  हेरिन्छ l   सामान्यतया पाठेघरको मुखको कोषहरुमा कुनै रंगमा परिबर्तन आउदैन l अर्थात ( Normal cervical  tissueको    रंगमा कुनै   परिवर्तन  भएको  पाइदैन  भने क्यानासरको संभाबना (cancerous  tissue ) छ भने  त्यसको  रंगमा  परिवारत भै  सेतो हुने गर्दछ l  यो जाच गर्न तालिम प्राप्त  चिकित्सक,स्टाफ नर्स ,सि.अ.न.मि.तथा अ.न.मि. हरुबाट  सजिलो तरिकाले  गर्न  सकिन्छl  सबैभन्दा  सजिलो  र सस्तो पनि  भएकाले  VIA  जांच गरि  महिलाहरुले  आफ्नो पाठेघरको  मुखको अवस्था  पत्ता  लगाउन र समयमै  परामर्श  तथा उपचारमा  सहज हुने  भएकाले  यस्ता  कार्यक्रम प्रभावकारी रुपले  सुचारु  गर्न  नितान्त आबश्यक  रहेको छ l  मुसिकोट  नगरपालिका  रुकुम (पश्चिम) अन्तर्गतका  ग्रामिण  भेगमा  बसोबास गर्ने महिलाहरुमा  पाठेघर झर्ने  समस्या  रहेको र  लामो समयसम्म  समस्या  लुकाई बस्दा  घाउ  भैसकेको  र केहीमा  घाउ  पाठेघरको  सबै  भागमा  फैलिन  पुगी रक्तस्राव  पनि भैरहेको  अवस्था  देखिए पछि  बर्ष  बर्षमा  यो कार्यक्रम  गर्ने  गरिएको र  समस्या  पहिचान  भै सकेपछि  परामर्श  तथा  समयमै  उचित ठाउमा   प्रेषण(Reffer)  गर्दै आएको छl  cervical  cancer हुने  सम्भावना भएका  सम्पूर्ण  महिलाहरु,जसमा  लक्षणहरु देखिएका  छैनन्  उनीहरुमा  गरिने परिक्षणलाई screening भनिन्छ l screening  गर्नाले  cancer का cell वा कोषहरु बन्न सुरु हुँदा पत्ता लगाउन सकिन्छ ,जसलाई उपचार नगरेमा  cancer  हुन् सक्छ l  screening मा  केहि  समस्याहरु  देखा  परेमा ,त्यसको परिक्षण , follow up गरेमा  शुरुकै अबस्थामा पत्ता लगाई उपचार गर्न  सकिन्छ l  महिलाहरुका  लागि  screening  गर्ने  सबैभन्दा  उपयुक्त  समय ३५ देखि ४५  बर्ष हो l  तर पनि यी समूह भित्रका  महिलाहरुलाई  पनि  जांच गर्नक लागि समेट्न  नसकिएको र  उमेर समुह ५० देखि ६०/७० बर्ष पछि  मात्र समस्याको रुप  बिकराल  भैसकेपछि   समस्या  देखाउन  आउने  गरेको पाइन्छ l  यो धेरै दुख कुरा छ कि  आफ्नो स्वास्थ्यको बारेमा पनि लाज मान्ने ,लज्जाउने ,समस्या लुकाउने ,पीडा पिएर बस्ने l  पहिले पहिले शिक्षा चेतना सेवा दिने सस्थाको कमीको कारणले कसलाई भन्ने  र कहॉ  भन्ने  सुबिधा नहुदा  यो समस्या थियो होला l  अहिले सबै समस्या हल भइसकेका छन् l  स्वास्थ्य संरचना  गाउ बस्तीसम्म  स्थापना भैसकेका छन्l  स्वास्थ्य चौकी, वडा स्वास्थ्य कार्यालय ,शहरी स्वास्थ्य केन्द्र, प्रयोगशाला सहित स्वास्थ्य केन्द्र , खोप केन्द्र , गाउघर क्लिनिक , आमा समूह  र महिला स्वास्थ्य स्वयंसेविका  कुनै पनि माध्यमबाट  समस्या देखाउन र टिपाउन सक्नु हुन्छ l यस बाहेक आफ्ना जनप्रतिनिधिहरु ,समाजसेवी, शिक्षक कर्मचारी र आफ्ना छोरी मार्फत पनि समस्या भन्न र टिपाउन सक्नु हुने छ  l   आउनुहोस सबै महिला जागौ उठौ  आफ्नो लागि आफै l   मुसीकोट नगरपालिका तपाईको साथमा छl  हाम्रो दक्षता क्षमता आर्थिक पहुच आधारमा  हामी आफै गर्छौl   हामीले गर्ने सकेनौ भने राम्रो सुबिधा सम्पन्न अस्पतालमा पठाउछौ  र तपाईको स्वास्थ्यमा सुधार ल्याउन र  ज्यान जोगाउन मद्दत गर्ने छौ l  आफ्नो लागि आफै जुटौ  स्वास्थ्य क्षेत्रमा सुधार ल्याउ l  

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

आहा सञ्चारका भिडियो सामग्रीहरु हेर्न तल क्लिक गर्नुहोस तथा युट्युब च्यानल सस्क्राइव गर्नुहोस ।

This will close in 0 seconds