एमएल ओली
जत्ति ढोक्या पनि भो । आख्खिर चिन्निेस र देख्खिनेस मान्याले जात जनाल्च । क्या लुकाइन लुक्तो र ? उइछारी दसटालो दबेर्दारी पनि कइलै ता ह्वाँङ्ङै होइन्च भन्नु हुन्च । कुरै गर्ने हो भन्या चिर्याउ सुराल, खोप्र्या बोट्न्वउ टुप्पि पुत्ल्या कपाल देख्ने आँख्खो र बोल्ने खाप्चाउ बबाल मात्रै । हर्नलाई तयार भ्या बेलाँती बराठै तमाँइका खुट्टा अगारी भट्भट्या छारी चिलगारीयौं सिमेत क्या काम भो र ? सादनौं आत्मा पग्लिदारी जोल्लाई पनि चर्नेस लाइन्च हेर्नोई । स्यानो र ठूल्लोपाल्कामाट्ट डेल्ली चर्ने र झर्ने मद्या कति छन कति ? तिन्लाई देख्दारी उई ता हो नि तमाँइका भोक्का चल्ला चारानु र भेराबाग्रा नुन्नु पर्दाइनी भन्नु हुन्च । त्यस्तो कइरम जल्लाई पन्तै होलाहोल्लास्तो लाक्च हेर्नोई । “खाल्ली ठाउँनु जो पन्तै सिट गर्न पायो नि ? भन्ने मुख्खैती हो, अन्तौं घाटा फुटकर यात्रीमाँट्ट असुल्न खोज्ने यिनी गारियौं चाल्किमाल्कि कत्ति नाम्रो होइन ।” यस्ता शब्दहरू तमाँइका निर्दोषी कान्ले सुन्दारी आँस्सु सुइया पनि क्या ला र ? नाँक्चानु भल बर्सिन लाइन्च भन्नु हुन्च ।
हर्दारी फाइदै फाइदा हुन्च हेर्नोई । कइलेकाई हितैषी बट्वाले मिठामसिना कथाकाँनी पनि चखाल्चन् । त्यो सुन्दारी टोपी खस्ने उकालो र धोती गल्ने ओरालो सिमेत कप्लक्कै निल्किन टक्रक्कै पुइयान्च ठाउँनु । एक दिनौं खिस्सा हो तमाँइको क्याँ गारीनु चर्रियो भन्नु हुन्च । डाइबर्या सिट्टा पछिल्लाँ पछेट्टौ सिङ्ङै फक्कालो खाली देक्कन थ्याँच्चै बस्सियो हेर्ने । माथ्थिर चियाउदारी “आरक्षण सिट” लेख्कन टाँस्सियाउ थ्यो । त्यो देख्दारी तीनचाट्टा कुर्रा आइया भन्नु हुन्च । पइलो चट्टाले “आरक्षण ठाउँती सिटगर्नेस्ता अइलसम्मन कोई नजम्र्या रह्न्चन क्या हो ?” यस्तो लाक्थ्यो । दोस्रो चट्टाले “तमाँइको आरक्षणौं मान्क्या नलास्तो, हेलाँ ग¥र्यास्तो कस्तो न कस्तो ?” लाक्थ्यो । तेस्रो चट्टाले “म नै बारमाँस्या यात्री हुनाले तमाँइको गार्रीया आत्माले दया ग¥यास्तो पनि” लायाउथ्यो । ह्वाँमच्ची ता क्यार्न भन्ने हो र ? “बस्सियोई फस्सियो” छुट्याउनै गारो भन्नु हुन्च ? “चिन्नु न जान्नु मितस्तै ठान्नुु” भन्दाइनी ता भइयो बाल ।

election adv.

कसैको मुख नहेर्ने मध्याले तमाँइका पइतला हेर्दारी थुक निन्यास्तो, चुक किल्यास्तो र खाप्चानु तित्तो, टर्रो, पिर्रो, खिर्रो कोच्यास्तो लाग्ने हेर्नोई । ज्याहुस निमित्त गारीनु चर्ने (रेगुलर यात्री) लाई विशेष सुविदा हुनेई ठर्च भन्दा पनि हुन्च । उइछारी बस्न पाया थ्याच्चै र भन्न पाया प्याच्चै बोल्नेउ पनि भक्ति नलाग्न सक्च । त्यस्ता मध्याले सुङ्ने, बुर्ने, घस्ने लगाइतौं बर्ता सुविदा पाल्च भन्नु हुन्च । तमाँइको कोस्यालीपात पन्तै अल्तै नाम्रो हो र ? चिल्लो–पिर्रो, चुकिल्लो, खट्टोमिठ्ठोे, मरमस्ला, ज्वाँन्नो–जिर्रो, नुन–पिर्या, हल्दी–बेस्सार, पोल्वा–सेक्वा, भुट्वा–घोट्वा, थेच्वा–मिच्वा, कच्चा–पक्का, घरपाल्लो, वनपाल्लो, जिउपाल्लो, रोकफाल्लो, खुल्ला–गोप्या जा तेरा बा लाद्दीय ए नि । बास्नादार पन्तै अल्तै हो र ? जा माँज्जा हुँन्ना ए ! “क्या खाइतेउर बासना आउच हरर” भन्दाइनी ता भइयो । कोइलाई हो र रोट्टा छुन्ना कल्ला नपाइकिन ओट्टा माम्रा टोक्नुपर्ने यार । भाक्यामा लेख्यालाई ता क्या हो र ? फाल्ने जग्गै नपाइकिन होई देखाउनेस्ले हो ? केई हिस्साप र चिन्नुबिन्नु नाई हेर्नोई । यस्सो बिचार बुच्चार गर्दारी गारिभित्रै पर्याटक्कीय क्षेत्र घोषणा गर्नुलास्तो भन्नु हुन्च ।
“गाई हर्नेनु हात्ति हर्ने, भइसो जावइन र मलाई लेख्ने भाविनीले, लेख्न पावइन र ।” कुरै गर्ने हो भन्या “देखाउने चिजमाल देख्यास्तो भ्या” यस्तो भाक्का काँ पाई । हँइन र ? कुनै जोक्नु यस्ता महत्वपूर्ण मालमत्ता देख्यान्चन् । देख्या कुर्राहरू लेख्यान्चन्, त्याँमाँट्ट लेख्या कुराकाँन्नी प¥र्यान्चन् र प¥र्या कुरा ग¥यान्चन् । गार्रियौ कुद्दाइले गर्दारी भर्कल पैठारी ग¥याउ भातभत्यारले फिर्ता गर्न मान्या र ग्याँसिटक्का जुठ्ठालाई क्या चाइयो र ? यस्तो नाम्रो जनउपयोगी, लोक्को हितकारी, सनेस्ताउ मित्कारी, भाक्का फेर्नेस्ताउ गीतकारी, नसनेस्ताउ चित्कारीयास्तो हेर्नोई । यत्तिकाउ काइदा भइकिन पनि चाल नपाउने भबल्यालाई क्या भन्नौं र होई ? “कर्राभन्दा कर्रा निम्मौ मुठ्ठो बाट्टीकिन क्यार्ने र ? होल्लातोत्ता र सोज्जासाज्जीलाई जिब्रैले थत्मर्याल्च । निमकान्मुन ता उई लाट्टागठ्ठालाई ता हो ग्यारै ।” पर्दा पर्छारीमाँट्ट आँद्राभुरी र मुटुकल्याँजा भजेर्नेरी यस्तो वचन छाद्नेहरू नभ्या भन्नु ? ह्याँत्ती गर्ने कुरो, नीतिनियम र विदिविदानमा सप्पै बस्नैपर्ने हो । त्यस्तो नभ्या पन्तै ओक्काउने र कोक्काउनेहरूले दुन्नियालाई आँख्खा, कान र नाक्चामाँट्ट सिमेत ह्वाँङ्ङै नपार्दारी नाम्रो होलाई भन्नु हुन्च ? समाप्त

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto