केशर पुन मगर
समानताको पुस्ता ः बलात्कार बिरुद्धको एक्यवद्धता भन्ने मुल नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका, महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सोमबार र्याली निकालेर सदरमुकाम खलंगा परिक्रमा गरेर सुरुवात गरिएको हो । जिल्लाका सरकारवाला निकाय, शिक्षक, विभिन्न बिद्यालयका बिद्यार्थी, महिलाको हकअधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मिहरुको सहभागितामा र्याली पश्चात कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै मुल आयोजक समितिकी संयोजक एवं मुसिकोट नगरपालिका उपप्रमुख प्रेम कुमारी सुनार के.सीले लैंगिक हिंसा न्युनिकरणका लागि नगरपालिकाका प्रत्येक वडामा विभिन्न कार्यक्रम गरेर मंसिर २५ गते सम्म मनाईने बताइन् । दिवसको अवसरमा कार्यक्रमको सचेतनामुलक सन्देश प्रबाह गर्न खुल्ला बक्तृत्वकला कार्यक्रम पनि राखिएको थियो ।
