केशर पुन मगर
रुकुम पश्चिमको सानिभेरी गाउँपालिका १, मा खैरेनीमा लाग्ने मेलाको रौनक सुरु भएको छ । जिल्लाका स्थानीय संस्कृति तथा पर्यटकीय स्थललाई संरक्षण गर्न खैरेनीमा प्रत्येक बर्ष हरिबोधनी एकादशीका दिन देखि पुर्णिमा सम्म लाग्ने मेला आज बाट सुरु भएको छ ।
मेला हेर्न आएका स्थानीयको भीडले भण्डारबनको खैरेनि बस्ति भरिभराउ भएको छ । मेलामा बर्षेनि सिंगारु नाच्ने गरिएको छ। मेलाको अवसरमा डिग्रे साईकुमारी युवा मञ्चले भलिबल, चेस, छेलो, लोकनृत्य , लगायतका प्रतियोगिता सञ्चालन गरिएको हो। मेला हेर्न आएका स्थानीयका अनुसार नदि कटानका कारण यस बर्ष बिगतका भन्दा ठाउँ साँघुरो भएकोले ब्यापार व्यबसाय गर्न र भलिबल खेलाउन समस्या परेको बताएका छन् ।
बिगतका बर्षहरुमा स्थानिय सरकारले आर्थिक सहयोग गर्ने गरेपनि यस बर्ष कुनै आर्थिक सहयोग नगर्ने सानिभेरि गाउँपालिका १ का वडा अध्यक्ष टेक बहादुर पुनले जनाएका छन् । पुनका अनुसार मेलामा लगानी गर्नु भन्दा विकास निर्माणका काममा लगानी गर्न आवश्यक रहेको बताएका छन् ।
यस बर्ष स्थानीय सरकारले आर्थिक सहयोग नगर्ने भएपनि थोरै पुरस्कारको व्यबस्था गरेर पुराना परम्परालाई संरक्षण गर्न लागि परेको मेलाका संयोजक डंडबिर खड्काले बताएका छन् र्। तिहारमा देउसि भैलो खेलेर जम्मा गरेको पैसाले मेला लगाउदै आईरहेका छौ’ स्थानिय सरकार आएपछि सहयोग गर्छ कि भनेको गरेन’ खड्काले भने, । पुर्खाै पुर्खा देखि लाग्दै आएको मेलालाई स्थानीय सरकारले सहयोग नगरेपनि बषौं साल मेला लगाउन पछाडि नहट्ने संयोजक खड्काले बताएका छन् ।
