केशर पुनमगर
खलंगा

तथ्याङ्क कार्यालय रुकुम पश्चिमले राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिएको हो । नतिजा अनुसार रुकुम पश्चिममा ३ हजार नौ सय ९४ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये दुई हजार १ सय ७५ प्रतिष्ठान दर्ता भएका र एक हजार ८ सय १९ दर्ता नभएको कार्यालयले जनाएको छ ।
प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति संख्या १० हजार एक सय ८० रहेका छन् । त्यसमध्ये पुरुष ६ हजार एक सय तिन र महिला ४ हजार ७७ रहेको कार्यालयका तथ्याङ्क अधिकृत मेघराज पौडेलले बताए ।
जिल्लामा सञ्चालनमा रहेका प्रतिष्ठानहरु मध्ये सबैभन्दा बढि मुसिकोट नगरपालिका एक हजार चार सय ३३ र सबै भन्दा कम बाँफिकोट गाउँपालिकामा ३ सय ६० रहेका छन् । त्यस्तै आठबिसकोट नगरपालिकामा ६ सय चार, सानिभेरी गाउँपालिकामा ४ सय २०, त्रिबेणी गाउँपालिकामा ४ सय ९५ र चौरजहारी नगपालिकामा ६ सय ८२ प्रतिष्ठानहरु सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।
गणना तथ्याङ्क संकलन अनलाइन सेन्सस, कागजी र ट्याब्लेट गरी दुई तरिकाले गणना गरिएको थियो । गणनामा सँधै निश्चित स्थानमा सञ्चालित र सँधै निश्चित स्थानमा सञ्चालित चलायमान प्रतिष्ठानहरु समेटिएका थिए भने निश्चित स्थानमा सञ्चालन नभइ ग्राहकको खोजी गर्दै सञ्चालन भएका गतिशिल प्रतिष्ठानहरु गणनाको कभरेजमा नसमेटिएको तथ्याङ्क अधिकृत पौडेलले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto