आहा सञ्चार संबाददाता
रुकुम
नेपाली लोक गीत बजारमा अर्को नयाँ एउटा गीत सार्बजनिक भएको छ । चर्चित हास्य कलाकार तथा दोहोरी गायिका सन्ध्या बुढा (काउली बुढी) र भगत बिरहीको स्वरमा रहेको लोक दोहरी गीत सन्देश बजारमा आएको हो ।
बिगत केही बर्षदेखी निरन्तर गीत संगीत काम गर्दै आएका सर्जक तथा गायक ऐमान बिश्वकर्माको लय रहेको उक्त गीत उनकै युट्यब च्यानल मार्फत बजारमा आएको हो । साहित्यकार तथा सर्जक जि.एम.दिपु देपेन्द्रको निकै मार्मिक शब्द गीतमा सुन्न सकिन्छ । मार्मिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक एरेन्ज कमल सौरागले गरेका हुन ।
मोडल गणेश सेञ्चुरी र हिरा नेपालीको अभिनय रहेको उक्त गीतको भिडियो निर्माण जय फिल्मस प्रा.लिले गरेको हो । जसमा ईश्वर बाबूको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियो लेकबेशी डिजिटल म्युजिक प्रा.लिको प्रस्तुति हो । हेर्नुहोस यस्तो छ गीत ।
फेसबुक प्रतिक्रियाहरु