आहा सञ्चार संबाददाता
रुकुम पश्चिममा ३ जना डेंगुका बिरामी फेला परेका छन । फेला पर्नेमा दुई जना जिल्लाकै हुन । रुकुम पश्चिम मुसिकोट स्थित साझा अस्पतालमा उपचारका लागि आएका ३ जना बिरामीहरुमा डेंगु फेला हुन । जसमा एक जना नेपालगञ्जका हुन अन्य अन्य दुई जना रुकुम मुसिकोट नगरपालिकाका हुन । तिन मध्य दुईलाई थप उपचारको लागि बाहिर रिफर गरिएको साझा अस्पतालका डा. दिपक पुनले बताए ।
उनका अनुसार डेंगुका सगै जिल्लाका २ जनामा स्क्रब टाईफसका बिरामी पनि फेला परेका छन । डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।
डेंगुका बिरामीमा ज्वरो, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने र बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्ने चिकित्सकहरु बताउछन । डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु र लक्षणहरु देखिएका चेकजाँचका लागि स्वास्थ्य संस्था जतिसक्दो छिटो जानु पर्दछ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto