अस्ताना (कजाखस्तान), सभामुख कृष्णबहादुर महराले यूरेशियाली देशका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गरेका छन । ग्रेटर यूरेशियाः संवाद, भरोसा, साझेदारीको मूल नाराका कजाखस्तानको अस्तानामा शुरु भएको बैठकमा सभामुख महराले नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरको हुन ।

election adv.

सभालाई सम्बोधन गर्नुहुँदै सभामुख महराले सन् २०३० सम्ममा नेपालले कम आयबाट मध्यम आम्दानी हुने देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेको बताए । नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणासहित अघि बढेको बताउँदै सभामुख महराले भने, ‘नेपालले बजारमा आधारित अर्थतन्त्रको विकास गर्न, समष्टि–अर्थतन्त्रलाई स्थिरता दिन र सामाजिक–आर्थिक विकासको गति बढाउन अनुकूल राजनीतिक वातावरण सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ ।’

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto