आहा सञ्चार संबाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पूर्वको दोस्रो बैठक सदरमुकाम रुकुमकोटमा सुरु भएको छ । नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गणेशमान पुनको प्रमुख आतिथ्यता र पार्टीका प्रदेश कमिटी अध्यक्ष एवं पूर्वसभामुख ओनसरी घर्तीको विशेष आतिथ्यतमा बैठक सञ्चालन गरिएको हो ।
बैठकमा विहीबार जिल्लाका तीनवटै गाउँकमिटीका अध्यक्ष, गाउँपालिकाका अध्यक्षहरु र जिल्ला समन्वय समितिका प्रमुखले रिपोर्टिङ गरका छन । रिपोर्टिङको क्रममा सबैजसो वक्ताहरुले समयमै पार्टी एकता टुंगिएकोले कामकाजमा सहजता भएको बताएका छन । बैठकमा बोल्दै विशेष अतिथि ओनसरी घर्तीले समसामयिक परिस्थिति र पार्टीको दायित्व तथा पार्टी र सरकारको सम्बन्धमा विषयमा प्रशिक्षणात्मक मन्तव्य राखिन । परिवर्तनका निम्ति रुकुम रोल्पाको योगदान अतुलनीय रहेको भन्दै उनले समृद्धिको नेतृत्वको पनि रुकुम रोल्पाले गर्नुपर्नेमा जोड दिईन । निर्धारित समयमा पार्टी एकताको प्रक्रिया टुंग्याएकोमा नेकपा रुकुम पूर्वलाई धन्यवाद समेत दिईन । शनिबारसम्म चल्ने उक्त बैठकले सात सदस्यीय कार्यालय गठन, तीनवटै गाउँकमिटी र ३१ वडा कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्ने नेकपा रुकुम पूर्वका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य खेममान खड्काले जानकारी दिए ।
उनका अनुसार बैठकबाट पार्टी जिल्लाको विभिन्न विभाग प्रमुख, उप्रमुख र फाँट इन्चार्ज तथा सहइन्चार्जहरु समेत तोकिनेछ् । साथै सदस्यता नवीकरण, पार्टी, सरकार र जनताबीचको अन्तक्र्रिया, विभिन्न चाडपर्वको पुनर्मिलन कार्यक्रम लगायतको कार्ययोजना समेत तय गरिने उनको भनाइ छ । बैठकमा पार्टीका प्रदेश सचिव जगप्रसाद शर्मा, केन्द्रिय सदस्यहरु खेममान खड्का, कमला रोका, तेजबहादुर ओली, प्रदेश कमिटीका सदस्यहरु लगायतको उपस्थिति रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु