आहा सञ्चार संबाददाता
रुकुम पश्चिममा एक मृतकको नाममा परिवाजनले बिद्यालयको लागि २ लाख बढीको अक्षयकोष स्थापना गरेका छन । रुकुम बाफिकोट गाउँपालिका वडा न. ६ निवासी समाजसेवि स्व. रन्जित खत्री गौतमको नाममा दुई लाख १ हजार १ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरि एक कार्यक्रमका बिच हस्तान्तरण समेत गरिएको हो ।
उक्त अक्षयकोष स्थानीय अनु आधारभुत विधालय स्यालाको स्वामित्वमा रहने छ भने उक्त रकमको ब्याजबाट आएको रकमले प्रत्येक बर्ष उत्कृष्ठ र जेहेन्दार बिद्यार्थीहरुलाई सम्मान गरिने छ । स्व. खत्रीको छोरा हरि गौतमले बुवाको योगदान र सम्झना बषौंबर्ष जिबित रहोस भनेर अक्षयकोषको स्थापना गरिएको बताए । ‘मृतकको सम्झनामा अरु पनि काम गर्न सकिन्थ्यो तर उहाँको पहिले देखि शिक्षा क्षेत्रमा चासो र योगदान रहेका कारण बिद्यालय रोजियो’ उनले भने । बाफिकोट गाउपालिकामा नमुनायोग्य काम भएको भन्दै स्थानीयहरुले सह्रना गरेका छन । कार्यक्रममा केहि जेष्ठ नागरिक र बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु