खोलाले बगाउदै गर्दा चालकलाई उद्दार

Byआहा सञ्चार

२०७६ भाद्र २७, शुक्रबार १०:२३ गते

आहा सञ्चार संबाददाता
रुकुम पश्चिममा खोलाले बगाउदै गर्दा एक चालकलाई प्रहरीले उद्धार गरेको छ । बिहिबार साँझ रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा नं. १ र २ मा पर्ने कुमाखोला स्थित रुकुम पश्चिम सदरमुकाम खलंगाबाट रुकुम पुर्ब पोखरा भन्ने स्थानमा यात्रु पुरयाएर पिपल तर्फ फर्कदै खोलाले बगाएको थियो । पूर्बी रुकुम यातायात प्रा.लि.बाट संचालित उक्त सवारीका चालक सुनिल बि.क.ले लु.१ ज. ४११५ नं. को जिप कुमाखोलामा आएको बाढीले एक्कासी बगाएको छ भन्ने सुचना प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी पिपलबाट प्र.स.नि. हरि प्रसाद देबकोटाको कमाण्डमा खटि गएको प्रहरी टोलीले उद्धार गरेको हो । उक्त खोलाले बगाउदै गरेको जिपबाट चालकरुकुम पूर्व सिस्ने गाउपालिका वडा नं. ३ बस्ने बर्ष २५ का सुनिल बि.क.लाई खोलामा गाडि सगै बगाईरहेको अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।

https://www.facebook.com/aahasanchar
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto