आहा सञ्चार संबाददाता
बिप्लव नेतृत्वको नेकपा संवद्ध अखिल (क्रान्तिकारी) रुकुम पश्चिमले जिल्लाको शिक्षा क्षेत्रमा देखिएको बिकृति अन्त्य गर्न अनुरोध गरेको छ । सरोकारवाला निकायहरुले त्यसमा बिषयमा गम्भीर भएर नसोचे प्रतिफल नराम्रो हुनसक्ने समेत चेतावनी दिएको छ ।

संयोजक प्रेमप्रशान्त बोहराद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ, ‘सम्बन्धित संस्था,नियमनकारी निकायले यसको व्यवास्ता गरि रुकुमेली विद्यार्थीहरुको अधिकार माथी कुठाराघात गर्न खोजे त्यसको परिणाम गम्भीर हुने र त्यसको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने यसै बिज्ञप्ति मार्फत अवगत गराउछौँ ।’ संगठनले जिल्ला स्थित सरोकारवाला तथा शैक्षिक संस्थाहरुलाई निजी शैक्षिक संस्थाले शैक्षिकसत्र २०७६ मा वृद्धि गरेको सम्पूर्ण शुल्क तत्काल खारेज गरि असुल गरेको फिर्ता गर्न र प्रक्रिया पुरा नगरी व्यापारको निम्ति खोलिएका प्राविधिक शिक्षालय बन्द गर्न र यस अगाडिका विद्यार्थीबाट असुलेको रकम फिर्ता गर्न माग गरेको छ । प्रमाणपत्र वितरण गर्दा परिक्षा बोर्डले तोकेको भन्दा बढी रकम नलिन, सामुदायिक बिधालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तरगत प्राविधिक शिक्षा अध्यापन गराइरहेका सामुदायिक बिधालयले शुल्कमा एकरुपता ल्याउन र बैज्ञानिक शुल्क निर्धारण गर्न, कक्षा ११ र १२ मा लिइएको सम्पुर्ण भर्ना शुल्क र मासिक शुल्क खारेज गर्न र विद्यार्थीबाट लिइएको भए तत्काल फिर्ता गर्न, निजि शैक्षिक संस्थाले विभिन्न शिर्षकमा मच्चाइरहेको लुट तत्काल बन्द गर्न र शैक्षिक संस्थाले नियमअनुसार विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्ति वितरण गरिएका विद्यार्थीहरुको नामावली सार्वजनिक गर्न पनि माग गरेको छ ।

बिद्यालयमा भौतिक संरचना निर्माणमा भ्रष्टाचार ,अनियमितता र घुसपैठ नगर्न र गुणस्तरीय काम गर्न र ठेक्का लिएको लामो समयसम्म निर्माधीन रहेका बिधालय भवनहरु तत्काल निर्माण कार्य पुरा गरि बिधालयलाई हस्तान्तरण गर्न पनि माग गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto