एमएल ओली
उइला जुक्नु तेल्लाई बेच्कन गुजारा गर्नेहरू मस्तै थ्या । अइल हो र घ्याँ सक्रान्ति मान्ने र झुसिल्ले मार्ने दवाई सिमेत काँ पाई ? किन त्यख्खो अन्काल प¥याउ होला ? चिन्नु जान्नु केई छैन् । आच्कल खाने ता खानेई थ्यो घस्ने र सुङ्नै सिमेत पाइन छार्रेल्यो हेर्नोई । उन्ताक्नु नखाया पन्तै घस्दारी आँप्फै जिउभित्र घुस्जान्त्यो भन्नु हुन्च । घस्दारी गन्न मान्नेहरूले सुङ्दारी पनि जिउ लाइन्त्यो गरै । त्यख्खो गन्न निक्को नमान्नेलाई मालपाइकिन चाल नपाहरू भन्दारी बेस्सै होला ।

ज्याहुस् वर्खा एकचोटी आउने घिउ त्यारले जिउ लाउलाइछ । बेलीआज्नु त्यो नभया पन्तै त्यख्खो नाल्लोबेल्लो घस्दारी ज्यान ता चिल्यान्त्यो गरै । ज्यान हेरी चिल्लोपिर्रो मार्तै नभइकिन चुक्लो, टर्रो, कर्रो, जर्रो हुइन्त्यो हेर्नोई । यत्ति मार्तै होइन त्यो घस्दारी आङदेखि जाँङसम्म, जुङ्ङादेखि दारीसम्म र दारीदेखि सारीसम्म पल्लाइकिन नाङ्ङो छाला र बाङ्ङ चाला देख्खिनै छार्रेल्त्यो भन्नु हुन्च । अचेल तमाँइको अनुसन्दान गर्ने अद्यताहरू सिमेत अन्टसन्ट प¥यास्ता छन् । फुर्सो शरील पनि क्यार्न भन्ने हो र ? जिवई भरी तमाँइको शिरदेखि पाउसम्म जत्तातत्तै चिल्लो हेर्नोई । “कुरास्ता कुरा गर्दारी उइलाले घिउले न्वाजत्ति अइलाले तमाँइको गन्दै सुङ्न पाछैन ।” अरथोक नभया पन्तै पछेट्टालाई यस्तोरी थर्काउन ता पाइएकै छ हेर्नोई । “बाक्का गाला खाया पनि रात्तै नखाया पनि रात्तैै ” भन्दाइनी त्यो सुङ्यालाई गन्द आइन्च । गन्द आउदारी “घिउ खाइकिन जिउ लाउनेहरूले खप्पेरो दुखाउन क्यार्न प¥यो ?
आरोप लाउ कुरो होइन केइहोइन खाउभन्दा लाउ गन्द बर्ता आइन्च । यो जुग्गै गन्द्या जुग होस्तो लाक्च । ह्याँ खाको, लाको र घस्याको भन्दा सुङ्याउ गन्द बर्ता आइकिन घिउ ख्रान्तिले ध्वाँर्रेल्च भन्नु हुन्च । हुन ता त्यारा दिन्नु गाउँनु धुप्याउदारी गन्दले गाँवइभरी ध्वाँर्रेल्च । वास्ना भन्दा गन्द शक्तिशाली हुन्च क्यारै । घिउ ख्रान्तियौं ठौनी नप¥याले तेख्खो सट्टा गन्द र ग्याँस सुङ्नेहरूलाई पनि ठूल्लै औसर पाइयाउ मान्न सकिन्च । जानकार अद्यताहरूऔं खोज्ले पत्ता लानुसार अइचेल्ला मान्सहरूलाई त्यो नपच्ने, ग्याँष्टिक जगाउने, बोस्सो बराउने, जिउ फुल्याउने लगाइता लक्षिणहरू देखाउदारी त्यो घट्टियाछे भन्नु हुन्च । दूध्या सन्तानहरूले सप्पैलाई चिल्लोपदार्थ बाँर्दारी सारा दोष स्तनधारीया पोल्टानु आउने सम्भावना आइयोछ हेर्नोई । त्याँमाँट्ट जसभरी सप्पै थाराहरूले पाउने सम्भावना पनि टट्कारो देख्यिान्च । “गर्ने नगर्ने किल्ली गर्कन भया नभया आरोप र गालीगलौच हाम्ले सनु पर्ने ?” यस्तो भन्कन तमाइका स्तानधारीहरू आन्दोलनमा उर्तिकिन दूदै बन्द गर्न सक्चन् । “उत्पादन दिनेउ कुनै भाउभक्ति नलाउने, मानवले दूध्नु पानी, घिउनु आलु, दइनु मई मिस्याउदारी पनि स्वाइजाने ।” दूध्याहरूऔं यस्तो गुनासो सुनिन्च । “ओटमा चिल्लो लाएर मिसावट ख्वाएर निरोगीलाई रोगी बनाउने” यस्तो भाक्का सुन्दारी चाम्¥याउ जिउ नपलाउने कुर्रै नाई ?
“माया बैगुनी नभई नहुँनी” भन्दाइनी प्राणी अप्रणी सप्पैलाई चाइने तेई चिल्लो हो क्यारै । त्यो चिल्लो नपाउँदारी पूज्जारा भन्दा सुसा¥या बाङ्ङिने खर्तै छ । देवीदेउता सोज्याई क्यार्ने पुनीप्राणी प्वाँक्यान्चन । तमाईको धूप जलाउँदारी धूपौं वास्ना खानेलाइभन्दा ख्वाउनेलाई सोज्याउन मागारो हेर्नोई । मान्सापट्टिलाई उई खराउ घिउले मार्तै जिउ पलाउँच । अइचेल तमाँइको घिउ पनि दुई छाँउल्या जन्न्वारे र अजन्न्वा¥या आइयो छ भन्नु हुन्च । भन्नेहरू “आँपूmलाई जुन घिउले जिउ पलाउच त्यई घिउ चाख्न पाइन्च” भन्चन् क्यारै । कोइलाई एउटै नपच्ने कोइलाई हो र दुइटै पच्जान्च गरे । पच्चाउने अन्जन कस्तो छ त्यस्सैमा भर पर्ने रह्ैइच हेर्नोई । अइला मान्सा गाला घिउ र हिउँ जोखाया पन्तै चिल्लै हुन्चन गरै । बरु तमाँइका गाल्ला फुस्रो होला भन्नेकुरा चिन्तै गर्न नपर्ने हेर्नोई । तेइभइकिन ता कलाकाहरू “मलाई अम्रिकानी यई, जाप्पानजर्मन यई, बेलायत्नी यई तर चिन्ता छैन केई” भन्किने भावना ओकल्चन् ।

घिउ उत्पादन गर्ने जन्न्वारहरूले सँदै आरोप खप्पयाखप्पेई छन् । उइछारी “जल्ले किम्सन र घुसपिस्नु रालगज्यार छार्च उइले बर्ता ख्रान्तिकारी गफ्या छार्च ।” यस्तो भन्नेहरू कोई नभया भन्नु । कुन्नै ट्याम्नु दूध्याहरूलाई खुप्पै मानसम्मान गरिन्त्यो गरे । आच्चिकल ता क्यार्न भन्ने हो र जुक्ले खरिष्ट्याइकिन ता होला । खराउ घिउदेखि बोक्याउ दूद चाख्वाहरूले लायाउ नौमुरी आरोप अल्तै सवाँउच र भन्दाउ ? कुर्रै गर्ने हो भन्या खाक्को भन्दा घस्याउ, घस्याउ भन्दा सुङ्याउ, सुङ्याउ भन्दा देख्याउ बर्ता आङ् लाक्ने हेर्नोई । उछारी, एउटै घर्नु बस्ने जानमानले चाट्वा घिउ नमिल्दारी सुङ्वा खोज्जीखोज्जी सुङ्ेल्नोई । बिना आग्गै धुप्याइकिन सप्पैले हक्नेईगरी बास्ना छार्कन अरुलाई चित्याई चित्याई अस्याउँदारी पाप कट्टै होइन्च । “बोक्याउ म्वाँई र खराउ घिउ सप्पैलाई प्यारो लाक्च ।” अघेट्टाले सुन्नाउ यस्तो कानी ठ्याक्कै मिल्च । भन्ने मुख्खैती हो, ज्यान हेरी कोइलाई ता रुच्तै रुच्तैन । नरुच्नेलाई लौन्या रोट्टा हाल्द्या पन्तै क्या ला र ? पाच्यअन्जन कम्जोर हुनेलाई केई लाक्दैन । अरुले खाँदारी थुत्नी मिठ्यायो ह्वाँप्ची तमाँइको भुरी डम्मै होइन्च भन्नु हुन्च । ह्याँत्ती गर्ने कुरो, कृषि प्रदान मुल्का कृषकलाई दूदघिउको हर्जा हुने कुर्रै भइन । उइछारी, मस्त भइकिन र कोइले खाने इच्छा नगर्दारी अकृषि प्रदान मुल्का मान्सलाई चित्याउन सरक्नु पोख्खेल्चौं । सरक्नु पोख्दारी तमाँइका गारीमटरलाई सिमेत घ्याँ सक्रान्तिौं माल्लामाल भन्नु हुन्च । समाप्त

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto