सत्य बटाला
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा दुई हप्ता देखी विद्युत सेवा अबरुद्ध भएको छ । वडा नम्बर ९ गिजामा रहेको गीजागाड लघु जलविद्युतको ट्रान्समिटरमा खरावी आए पछी दुई हप्ता देखी विद्युत सेवा अबरुद्ध भएको हो । उक्त विद्युत सेवा अबरुद्ध हुँदा वडा नम्बर ९ र ११ का करिब २५० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन भने विद्युत बाट हुने दैनिक कामकाजहरु पनि प्रभावित भएका छन । यस्तै रातीको समयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत लेख्न पढ्न समस्या हुने गरेको छ ।
विद्युत सेवा अबरुद्ध हुँदा कामकाज गर्न कठिन भएको र दैनिक रुपमा जेनेरेटर चलाउँनु पर्ने बाध्यता भएकाले बढी खर्च हुने गरेको राडी बजारमा सञ्चालित शाही गृल उद्योगका प्रोप्राइटर धर्म जंग शाहले बताए । विद्युत भएको बेलामा पनि भरपर्दाे सेवा नहुँदा जेनेरेटर बाटै काम गर्नु पर्ने बाध्यता भएको उनको गुनासो छ । शाह लगाएत राडी र सिम बजारका अन्य उद्योग सञ्चालकहरुको पनि यही बाध्यता छ । विद्युत नहुँदा सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल, बैंक लगाएत सहकारीहरुका कामकाजहरु पनि प्राभावित भएका छन । दुई हप्ता देखी विद्युत नहुँदा सेवा प्रवाहमा समस्या भएको गोविन्द इन्टरप्राइजेज आइएमइका कर्मचारी प्रतिक बुढाथोकीले बताए ।

गीजागाड लघु जलविद्युत उपभोक्ता समितीका अध्यक्ष गोकर्ण चन्दले विद्युतको ट्रान्समिटरमा खराबी आएका कारण विद्युत सेवा अबरुद्ध भएको र विद्युत सुचारु हुन अझै एक/डेढ अप्ता लाग्ने बताए । ट्रान्समिटरम मर्मतका लागी आउँदो आइतबार सम्म बुटवलबाट प्राविधिकहरु आउने र मर्मत गरे पछी मात्रै विद्युत सेवा सुचारु हुने उनको भनाई छ । उक्त विद्युत सेवा पटक पटक अबरुद्ध हुँदा र भरपर्दाे विद्युत नहुँदा यहाँका नागरिकहरुलाई सास्ती भएको छ ।
यसैविच वडा नम्बर ७ मा रहेको खारखारा लघु जलविद्युतको नहर स्थानियले अबरुद्ध गराउँदा त्यहाँका करिव ५ सय घर परिवार विद्युत सेवा बाट बन्चित भएका छन । काम गरेको पैसा नपाएको भन्दै स्थानीयले उक्त विद्युत सेवा अबरुद्ध गराएको केही दिन विती सकेको छ तर अझै पनि सुचारु हुनु नसक्दा सर्वसाधारणलाई सास्ती भएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto