सर्जना कार्की

रुकुमकोटमा रहेको आखा उपचार केन्द्रको उपचार सेवा एक महिना पछि पुनः सुचारु भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित टाकुरामा रहेको आखा उपचार केन्द्रको छाना हावाले उडाउदा बन्द भएको सेवा भवन मर्मत पश्चात मङ्गलबारबाट पूनः सेवा सुचारु गरिएको हो ।

गएको जेठ १० गते राती लागेको हावाहुरीले आखा उपचार केन्द्र रहेको भवनको टिनको छाना उडाइदिएपछि सेवा ठप्प भएकोे थियो । आखा उपचार केन्द्रको सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका थिए । पुनः उपचार सेवा सुचारु भएसँगै नियमित कामकाज पनि सुरु गरिएको कार्यालय प्रखुम विष्णु खनालले बताए ।

भवनको मर्मतको लागि सिस्ने गाउँपालिकाले दूई लाख बजेट छुट्टयाएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताईन । रुकुम (पूर्व) मा पहिलो पटक स्थापना भएकोे आँखा उपचार केन्द्रको स्थापना भएको दुई हप्तामै हावाहुरीले लथालीङ्ग पारिदिएपछि बन्द भएको सेवा मर्मत पश्चात सुचारु गरेसँगै नागरिक खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto