आहा सञ्चार संबाददाता
साबिकको राप्ती अञ्चलबाट जापान आएर बिभिन्न, पेशा, व्यवसाय, अध्ययन, रोजगारको सिलसिलामा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको यही जुन ३० तारिखमा हुन गइरहेको दोस्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । प्रचारप्रसार समितिका संयोजक प्रकाश ओलीका अनुसार प्रचारप्रसार, अतिथि सत्कार ,हल ब्यवस्थापनका साथै अधिवेशनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएको छ । २०१३ मा गठन भएको यस संस्था जापानमा क्रियासिल अन्य संघसंस्था जस्तै समाजले पनि बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । संस्थाको उद्देश्य भनेको जापानमा रहेका राप्ती क्षेत्रका ब्यक्तिहरुबिच आपसी सद्भाव र समस्यामा सामुहिक सहयोगी भुमिका खेल्नु भएको बताईएको छ । अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि तयारी अगाडी बढीरहेको र जापानका विभिन्न क्षेत्रमा रहेका सम्पूर्ण राप्ती वासीहरुलाई सक्रिय उपस्थिती भएर सफल बनाउन आह्वान गर्नुका साथै अहिले सम्म संस्थालाई सहयोग पुर्याउनुहुने सबै महानुभावहरु लाई सम्मान र नयाँ चयन हुने कार्य समितीलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको संस्थाका अध्यक्ष विशेश्वर रेग्मीले बताए ।
थप जानकारीको लागि मिति: जुन ३० तारिख (आइतवार) समय : बिहान९:०० बजे स्थान: 東京都新宿区大久保1-10-15(2F) ओकुबो टोक्यो रोधी कल्ब (टोक्यो) कार्यक्रममा उपस्थितिका लागि निम्न ब्यक्तिहरूलाइ सम्पर्क गर्न सक्नु हुनेछ । बिशेश्वर रेग्मी (टोक्यो)090-9811-6226 युवराज रेग्मी (टोक्यो)080-4926-3725 प्रकाश ओली (टोक्यो)08095329081 प्रेमप्रकाश रोका मगर (टोक्यो चिवा). 08044684424 भिम बुढाथोकी (फुकुओका)080 8363 9610

