सत्य बटाला
रुकुम पश्चिमको एक विद्यालय कर्णाली प्रदेशकै पहिलो सूचना प्रविधी मैत्री विद्यालय बनेको छ । जिल्लाको आठविसकोट नगरपालिका १० घारिखोलामा रहेको जनविकास माद्यामिक विद्यालय कर्णाली प्रदेशकै पहिलो सूचना प्रविधि मैत्री विद्यालय बनेको हो ।

नेपाल सरकार सूचना, सञ्चार तथा प्रविधी मन्त्रालयको कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पहिलो पटक जनविकास मावी घारीखोलालाई सूचना प्रविधी मैत्री विद्यालय बनाइएको हो । उक्त सूचना प्रविधी मैत्री विद्यालयको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नगरप्रमुख गोर्ख बहादुर केसीले विद्यालयको उद्घाटन गरे । विद्यालयको उद्धटान गर्दै नगरप्रमुख केसीले अहिलेको समयमा विद्यार्थीहरुका लागी सूचना प्रविधी मैत्री विद्यालय अतीआवश्यक भएको बताए । शिक्षाको गुणस्तरमा सुधार ल्याउन सूचना प्रविधीमैत्री विद्यालयले टेवा पुर्याउने बताउदै यहाँका अन्य विद्यालयहरुलाई पनि सूचना प्रविधी मैत्री बनाउन पहल गरिने भन्दै नगरपालिकाले शिक्षाको क्षेत्रमा बढी लगानी गरिरहेको पनि जनाए । उक्त कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष गंगाराम चँदाराले वडामा सूचना प्रविधि मैत्री विद्यालय बनेको प्रती खुशी व्यक्त गर्दै विद्यालयलाई सूचना प्रविधी मैत्री बनाउन पहल गर्ने भुपु विद्यार्थी यगराज केसीलाई धन्यबाद दिए ।

प्रदेशकै पहिलो सूचना प्रविधी मैत्री बनेको उक्त विद्यालयमा हाल ६० वटा कम्प्युटर, १२ वटा डिजिटल वोर्ड, १२ वटा प्रोजेक्टर र १२ वटा सिसिक्यामरा रहेका छन । विद्यालयमा अहिले कम्प्युटर र प्रोजेक्टरको माध्यमबाट पढाई भैरहेको विद्यालयका प्रधानध्यापक लक्ष्मीराज केसीले बताए । साथै उक्त विद्यालयमा अध्यनरत कक्षा ९ र १० का सबै विद्यार्थीहरुले कम्प्युटर विषयलाई ऐच्छीक विषयको रुपमा लिएका छन । अब सबै कक्षाका विद्यार्थीहरुलाई प्राजेक्टरको माध्यमबाट डिजिटल बोर्डमा पढाइने पनि विद्यालयका प्रअ केसीको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds