लम्पाकोटमा पुग्यो कृषि सडक

Byआहा सञ्चार

२०७६ असार ६, शुक्रबार १३:४६

सर्जना कार्की
रुकुम पूर्व

जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ८ को लम्पाकोटमा कृषि सडक पुगेको छ । वडा नम्बर ८ को स्यालापाखालाई प्रदेश ५ सरकारले कृषि स्मार्ट गाउँ बनाउने घोषणा गरेसँगै फलफुलको पकेट क्षेत्र मानिने लम्पाकोटमा ग्रामिन कृषि सडक पु¥याइएको हो । सडक खण्डको सिस्ने गाँउपालिका अध्यक्ष कुमारी बराल र सिस्ने गाँउपालिका उपाध्यक्ष गोबरधन बुढा द्धारा सयुक्त रुपमा रिवन काटेर र ब्यानर पढेर औपचारिक रुपमा उद्घाटन गरे ।

गाउँपालिकाको १४ लाख बजेट, ग्रामिन सामुदायिक पूर्वाधार विकास कार्यक्रम (आरसीआइडब्लु) संस्थाको २० लाख र भौतिक पूर्वाधार कोष प्रदेश ५ सरकारको २७ लाख ६२ हजार गरी जम्मा ६१ लाख ६२ हजार रकममा सडक खनिएको सिस्ने गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खर्कसिङ थापाले बताए ।

फलफुलको पकेट क्षेत्र मानिने स्यालापाखा लम्पाकोटमा सुन्तला, कागति, अलैची, टिमुर, दाते ओखर लगाएतका फलफुलहरु प्रशस्त मात्रामा उत्पादन हुने गर्दछ । तर त्यहाँ सडक नपुग्दा उत्पादित बस्तु निर्यात र आवश्यक बस्तु आयात हुन सकेको थिएन । अब कृषि सडक पुगेपछि भने उत्पादित बस्तुले बजार पाउने भन्दै स्थानीयबासी खुसी भएका छन् ।

‘सडक नहुँदा सामान ढुवानी गर्नमा मात्र समस्या नभइ वडा कार्यालय पुग्न पनि दैनिक डेढ घण्टा हिड्नुपर्ने बाध्यता रहेको थियो ।’ स्थानीयबासी रमेश नाथले भने, ‘अबभने त्यो समस्या टरेको छ ।’ चिसापानीबाट ढाइकिलोमिटर दुरीको चट्टान फोडेर सडक खनेपछि स्थानीयबासीको सहजतासँगै समयको बचत पनि हुने भएको छ । सडक खण्डको सिस्ने गाँउपालिका अध्यक्ष कुमारी बराल र सिस्ने गाँउपालिका उपाध्यक्ष गोबरधन बुढा द्धारा सयुक्त रुपमा रिवन काटेर र ब्यानर पढेर औपचारिक रुपमा उद्घाटन गरे । तस्बिरहरु  : संजय नाथ

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto