गणेश शिर्पाली
रुकुम पश्चिममा लागु औषध दुब्र्यसन र महिला हिंसा रोक्न प्रहरीले सचेतना अभियान थाल्ने भएको छ । आज सरदमुकाम मुसिकोटमा लागु औषध दुब्र्यसन र महिला हिंसा विरुद्धको परामर्श तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।
रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले गाउँगाउँमा गएर लागु औषध दुब्र्यसन र महिला हिंसाका विषयमा सचेतना दिन लागिएको वताए । त्यसका लागि प्रशिक्षण आयोजना गरिएको उनको भनाई छ । गल्ति गर्नेलाई सजाय दिएर मात्रै समस्या समाधान नहुने भन्दै अपराधिक मानसिकता नै रोक्ने अभियानमा आफुहरु लागेको उनको भनाई थियो । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाका विभिन्न प्रहरी एकाईका ईन्चार्ज, जनप्रतिनिधि, शिक्षक र पत्रकार गरि २० जनाको सहभागिता छ । प्रशिक्षण पछि प्रशिक्षार्थीहरुले गाउँगाउँमा गएर लागु औषध र महिला हिंसाका विषयमा प्रशिक्षण दिने आयोजकले वताएको छ ।
४ दिन सम्म सम्म चल्ने प्रशिक्षणमा प्रहरी ईन्सपेक्टर नविन थापा मगर, त्रिभुवन जनता मावि खलंगाका प्राचार्य हरीप्रसाद खनाल लगाएतले प्रशिक्षण दिईरहेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto