सर्जना कार्की
रुकुम (पूर्व) मा जेष्ठ नागरिकलाइ फाइवर सिरक वितरण गरिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५, ६ र ७ का जम्मा ७० जना प्रत्येक जेष्ठ नागरिकलाइ एकएक वटा फाइवर सिरक वितरण गरिएको हो ।
गाउँपालिका स्थित वडा नम्बर ५ का २६ जना, ६ का २४ जना र ७ का २० जना गरी जम्मा ७० जना जेष्ठ नागरिकलाइ आज एक कार्यक्रमका बिच फाइवर सिरक वितरण गरिएको हो । मुख्यमन्त्री ग्रमिण विकास कार्यक्रम अन्तर्गतको जेष्ठ नागरिकलाइ सामाजिक संरक्षण अन्तर्गत फाइवर सिरक वितरण गरिएको मुख्यमन्त्री ग्रामिन विकास कार्यक्रमका जिल्ला संयोजक लीलामणी गौतमले बताए । उनका अनुसार सिस्नेका अन्य वडाहरुमा पनि विद्यार्थीलाइ शैक्षिक सामाग्री, कृषकलाई अन्न भण्डारण ब्याग, कृषकलाइ आधुनिक कृषि औजार वितरण गर्ने योजना रहेको छ ।
आफुहरुलाइ फाइवर सिरक वितरण गरेपछि जेष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् । समाजमा बोझको रुपमा हेर्ने जेष्ठ नागरिकको सम्मानको लागि फाइवर सिरक वितराण गरेको भन्दै सिस्ने गाउँपालिका वडा नम्बर ५ का ९१ वर्षीय गम्भिर थापाले खुसी व्यक्त गरे ।