बलबहादुर खत्री
रुकुम पश्चिम बाँफिकोट गाउँपालिका १, जीपूमा रहेको जनकल्याण माध्यामिक विद्यालयले आईतबार देखि बिहानी कक्षा सञ्चालन गरेको छ । दिउँसोको समयमा पढाउँदा गर्मिका कारण विद्यार्थीलाई रिनाँटा लाग्ने र बेहोस हुने लगायतका स्वास्थ्य समस्या देखिएपछि एक देखि कक्षा दश सम्मका विद्यार्थीहरूलाई बिहानी समयमा कक्षा सञ्चालन गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले बिहान ६ बजे देखी ११ बजेसम्म पहिलेकै तालिकका अनुसार पढाई भैरहेको रहेको प्रध्यानध्यापक झुपिलाल पौडेलले जानकारी दिए । उनका अनुसार यो बिहानी कक्षा असार दोस्रो साता संचालन गर्ने योजना गरेको र त्यसबेला सम्म पनि गर्मी भैरहे समय बढाईने छ । बिद्यालयमा हाल बाँफिकोट र सिस्ने गाउँपालिका केहि वडाका गरि ६ सय ४१ जना बिद्यार्थीहरु अध्ययनरत छन । दिउसोको समयमा पढाउदा विद्यार्थीहरु कक्षा कोठामा नबस्ने र सानीभेरी नदिमा पौडी खेल्न गएर विद्यालयमा बिद्यार्थीहरुको उपस्थित घटेपछि यस्तो उपाय अपनार्ईएको हो ।
बिहानी कक्षा शुरु भएपछि नजिकका बिद्यार्थीहरुलाई खासै समस्या नभएपनि टाढाटाढाबाट आउने बिद्यार्थीहरुमा समस्या भएको कक्षा ८ मा अध्ययनरत भुपेन्द्र बिकले गुणासो गरे । उनका अनुसार टाढाटाढाका बिद्यार्थीहरुका लागि हतार हतार गर्दै बिहानै स्कुल आउन र खानाखान समेत समस्या हुने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto