सत्य बटाला
रुकुम पश्चिम आठबिसकोट नगरपालिकको ८ नम्बर वडा लाई मदिरा मुक्त वडा घोषणा गरिएको छ ।नगरपालिकालाई नै यहि असार ९ गते बिधिवत रुपमा मदिरा मुक्त नगर घोषणा गरिने भएकाले सो अभियान अन्र्तगत आज ८ नम्बर वडालाई पनि मदिरा मुक्त वडा घोषणा गरिएको हो । नगरपालिकालाई सद्भाव युक्त नगर बनाउने उद्धेश्यले सो अभियान अन्र्तगत वडा वडाबाट सन्चालन भइरहेको छ ।
पहिले प्रत्येक वडालाई मदिरा मुक्त वडा घोषणा गरि सकेपछि यहि असार ९ गते नगरपालिकालाई नै मदिरा मुक्त नगर घोषणा गरिने नगरपालिकाले जनाएको छ । उक्त घोषणा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख गोरख बहादुर केसीले मदिरा मुक्त नगर घोषणा भइसके पछि मदिराका कारण हुने सबै खाले घटनामा कमि आउने बताए । वडा नम्बर ८ का वडाध्यक्ष मन बहादुर चदाँराको अध्यक्षता भएको घोषणा कार्यक्रममा १० नम्बर वडाका वडाध्यक्ष गंगाराम चदारा, वडा सदस्यहरु लगाएत वडाबासीको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन वडा सचिब कमल बिकले गरेका थिए ।