आहा सञ्चार संबाददाता
रुकुम पश्चिम मुसीकोट नगरपालिकामा अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलककर्ताको लागि २ दिने तालिम सुरु भएको छ । नेपाल अपांङ संरक्षक मञ्च रुकुम पश्चिमको आयोजनामा संकलनकर्ताको लागि तालिम सुरु भएको हो । तालिममा मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाबाट १९ जनाको सहभागिता रहेको छ ।
तालिममा सहभागीलाई मोवाईबाट अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क कसरी संकलन गर्ने सिकाईने बताईएको छ । तथ्यांक संकलन कार्यक्रममा यूएमएन रुकुम कलस्टर रुकुमले सहयोग गरेको छ । तथ्यांक संकलन पछि पालिका स्तरमा अपांगता भएका ब्यक्तिहरुका लागि लागि बिभिन्न कार्यक्रमहरु संचानल सहज हुने नेपाल अपांग संरक्षण मञ्च रुकुम पश्चिमका अध्यक्ष भिमबहादुर डागीले बताए ।
फेसबुक प्रतिक्रियाहरु