सत्य बटाला
गत बैशाष २९ गते आठविसकोट नगरपालिका ७, साउनेपानीमा भएको जिप दुर्घटनामा परेकाहरुलाई हाल बैदेशीक रोजगारीको शिलशिलामा अमेरीका र मलेशियामा रहेका रुकुम पश्चिमका युवाहरुले आर्थिक सहयोग गरेका छन ।

रुकुम पश्चिम आठविसकोट नगरपालीका वडा १० घर भई हाल अमेरिकामा रहनु भएका नरबहादुर कुसारीको नेतृत्वमा १ लाख, ८९ हजार १ सय ८५ रुपैयाँ घाइतेहरुका आफन्तलाई हस्तान्त्रण गरिएको छ । सहयोग गर्ने अन्य ब्यक्तिहरुमा दिपाराम खनाल, तारक मल्ल, विनोद पुन, कपिलदेव कुसारी ,बाँफिकोट गाँउपालिकाका राजेश केसी, कृष्ण बहादुर अधिकारी, गोपाल खनाल, बालाराम कुसारी, उमेश खड्का, नलबहादुर देवकोटा, विक्रम पुन र चङखलाल देवकोटा रहेका छन । यस्तै किरण परियार, रामकृष्ण कुसारी, बासुदेव कुसारी, कैलाश केसी, केजेन्द्र कुसारी, कर्ण बहादुर दमाई र सानी भेरी गाँउपालीकाका अर्जुन कुसारी लगाएत मलेशियामा रहेका अर्जुन केसी गरी २१ जना युवाले उपचारको लागी सहयोग गरेका छन ।

त्यस्तै नेपाली काँग्रेस छाँया सरकारका आठविसकोट नगर प्रमुख तथा क्षेत्रिय सभापती धिरेन्द्र बटाला, छाँया सरकारका आठविसकोट उपप्रमुख जनक बटाला, वडा नम्बर ९ का वडा अध्यक्ष तारक बहादुर शाहीको विशेष पहलमा यसरी करिब २ लाख रुपयाँ हस्तान्त्रण गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto

तिहारको शुभकामना । Happy Tihar


This will close in 20 seconds