प्रभात गुरुङ
रुकुम पूर्व, भूमे गाउँपालिका १ मा रहेको सिद्धचौर माद्यमिक विद्यालयले यस शैक्षिक वर्षका लागि बाल विकासलाई विशेष प्राथमिकतामा राखेको छ । शैक्षिक गुणस्तर खस्किँदै गएको गुनासो चौतर्फी रुपमा बढेपछि विद्यालयले सो कदम चालेको हो । उक्त बाल विकास कक्षा सञ्चालनका लागि दुईजना तालिम प्राप्त शिक्षिकाहरूको पनि व्यवस्था गरिसकिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले जानकारी दिए ।

मन्टेश्वरी विधिबाट पढाइ सञ्चालन हुने सो कक्षाका लागि सुरुमा सामाग्री जुटाउन पनि रकम अभाव भएको छ । अहिले विद्यार्थीलाई प्रोत्साहन दिनका लागि विद्यालयको आन्तरिक खर्चबाट नै दिवा खाजाको व्यवस्था गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतमान पुनले बताए । खर्चका लागि रकम अपुग भए विभिन्न स्रोतहरु खोजी गरिने पनि उनको भनाई छ । शैक्षिक गुणस्तर खस्किँदै गएको, अभिभावक र शिक्षक बिच दुरी बढ्दै गएकाले गुणस्तर शिक्षाका लागि तल्लो कक्षाबाटै सुधार्दै लैजानु यस्तो उपाय निकालय निकालिएको हो ।

गुणस्तरीय शिक्षामा जोड दिई पुनः अभिभावकलाई जागरुक बनाउने लक्ष्य रहेको अध्यक्ष पुनले बताए । सबै कक्षाका विद्यार्थीहरूलाई अनिवार्य अतिरिक्त शिक्षण गराइने पनि उनको भनाई छ । बिद्यालयको शिक्षा सुधारको लागि बेला बेला अभिभावकहरुले गुणासो गर्दै आएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto