आहा सञ्चार संबाददाता
रुकुम पश्चिम मुसीकोट नगरपालिका १ खलंगामा बजार अनुगमन गरिएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खंलगामा बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा १२ ओटा पसलमा अनुगमण गरिएको छ ।
जसमा ५ ओटा होटल, २ ओटा डेरी पसलमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा सानो तिनो कमीकमजोरी भएपनि अन्य खासै समस्या नदेखिएको । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेष थापाले बताए । कउनका अनुसार अधिकाशं होटलहरुमा खान नहुने रङ, अजिना, शस जस्ता अखाद्य प्रदार्थ प्रयोग भएको र सरसफाई नभएको पाइएकोले त्यस्तो नगर्न भनिएको छ । वजारको अखाद्य पर्दाथ निर्मुल गर्दै उपभोत्ताको स्वास्थ्यमा सुधार ल्याउने उद्दश्यले अनुगमन गरिएको प्रमुख थापाले बताए ।
बिश्व खाद्य स्वच्छता दिवसको अवसरमा अनुमणमा गरिएको हो । अनुगमनमा डिभिजन कार्यालयका प्रमुख भेष थापा, खाद्य संस्थानका प्रमुख चन्द्रबहादुर खड्का, चम्बर अफ कमर्सका कर्ण बहादुर ओली, जिल्ला प्रशासन कार्यालयकी कल्पना शाहि लगायत प्रहरी, पत्रकारको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto