सर्जना कार्की
मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ अभियान २०७६ रुकुम (पूर्व)मा सुरु गरिएको छ ।
यस वर्षमा आफु स्वस्थ रहन र देशलाइ स्वस्थ राख्न स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले २० गते सोमबारबाट जिल्लामा यो अभियानको सुरुवात गरेको हो ।
मानिस अत्यन्तै सुविधाभोगी र अल्छि भएकै कारण विभिन्न रोगको सिकार हुने गरेको भन्दै जनचेतनाको लागि यो अभियानको सुरुवात गरिएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का कार्यालय प्रमुख सिव सार्कीले जानकारी दिए । मान्छेहरुले परिश्रम गर्न छोडदै जाने र खानपानमा ध्यान नदिनाले देशमा रोगीको संख्या बढ्दै गएको बताउदै उनले आवश्यक भन्दा बढि सुविधा उपभोग पनि स्वास्थ्यको लागि हानिकारक भएको बताए ।
विद्यालय पढ्ने उमेर समुहका विद्यार्थीहरु धुम्रपान, मध्यपान तथा सुर्तिजन्य पदार्थको लतमा फस्दै गएकोले यो अभियानले सबै भन्दा बढि विद्यार्थीलाइ प्राथामिकतामा राखेको बताईएको छ ।
आफु स्वस्थ रहे मात्र देशको लागि केहि गर्न सकिने भन्दै कार्यक्रममा सहभागीहरुले नियमित रुपमा कसरत गर्ने, अगार्निक उत्पादनलाइ बढाउने, बजारीया खानेकुरा नखाने र उत्पादनमा रासायनिक मल प्रयोग गर्न नहुनेमा जोड दिएका छन् । त्यसैगरी रेशाद्धार खानेकुरा बढी खादा स्वास्थ्यलाइ फाइदा हुने पनि बताइएको छ ।
जिल्लामै पहिलो पटक सुरु गरिएको यस अभियानमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले कार्यक्रममा उपस्थित सबैलाइ मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ नारामा प्रतिबद्धता बनाए ।
