जयमान बुढा मगर
रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर २ मा अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उद्घाटन गरिएको छ । वडा नम्बर २ को आर्थिक सहयोगमा बाल संजाल समिति वडा नम्बर २ को आयोजना रहेको हो । आर्थिक वर्ष २०७५/०७६ सालको बालबालिका लक्षित बजेट एक लाख रकममा विविध कार्यक्रम सञ्चालन गरिएको हो ।
वडा नम्बर २ मा चार आधारभूत र एक माध्यामिक गरी जम्मा पाँच विद्यालय रहेका छन् । उक्त विद्यालयको बैठकले अन्तर विद्यालय स्तरीय खेलकूद तथा विविध प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार कार्यक्रम सञ्चालन गरेकोे छ । त्रिवेणी मावि काँक्रीमा कार्यक्रम सञ्चालन गरिएको छ । पुरानो संरचना अनुसार प्रावि, निमावि र मावि तहगत विद्यार्थीमा प्रतिस्पर्धा गराइने मावि काँक्रीका प्रध्यानाध्यपक मदन शर्माले बताए । उनका अनुसार तीन दिन सम्म सञ्चालन हुने कार्यक्रममा कुर्सिरेस, हिसाव डौड, हाजिरी जवाफ त्यसैगरी पढाई सिप, छात्रा÷छात्र रिले डौड, कविता, निबन्ध र छात्रा÷छात्र भलिबल प्रतियोगिता आयोजना गरिएको छ । त्यसको साथै प्रत्येक विद्यालयबाट दुई÷दुई जना विद्यार्थीलाई छनौट गरी एक÷एक हजार रुपयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । विद्यार्थीको प्रतिभा प्रष्फुटन र अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सक्रिया सहभागिता जनाउनमा अन्तर विद्यालय स्तरीय प्रतियोगिताले टेवा पु¥याउने विद्यालयले जनाएका छन् ।
बुधबार एक कार्यक्रमका बीच अन्तर विद्यालय स्तरीय प्रतियोगिता कार्यक्रमको उद्घाटन भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले गरे । बालबालिकाको शैक्षिक विकास गर्न पनि खेलकूद क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने अध्यक्ष बुढाको भनाई रहेका छ । स्थानीय सरकारले पछिल्लो समयमा खेलकूद क्षेत्रको विकासका लागि लगानी गर्दै आएको र यसमा वडा पनि सक्रिय भएको उनले बताए । यस वडाले पहिलो पटक विद्यालयको सामूहिक कार्यक्रम आयोजना गरेको बताउदै अन्य वडाले पनि यस्ता कार्यक्रम सञ्चालन गरेर बालबालिकाको चौतर्फी विकास गर्नमा लाग्नु पर्ने अध्यक्ष बुढाले सुझाव दिए ।
स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कारको प्रदान गरिने छ । अध्यक्ष रामसुर बुढाले विद्यार्थीसँग अन्तरक्रियात्मक छलफल गर्नुका साथै भौतिक निर्माणको अवलोकन गरेका थिए । प्रगतिशिल बाल क्लवका अध्यक्ष सरिता पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर र वडा नम्बर २ का अध्यक्ष नरबहादुर बुढाको विशेष अतिथि रहेको थियो । अन्य अतिथिमा वडा नम्बर १ का अध्यक्ष रामचन्द्र पुन, मावि काँक्रीका विव्यस अध्यक्ष पृथीबहादुर बुढा र विद्यालयका प्रअहरुको आथ्यता रहेकोमा प्रगतिशिल बाल क्लवका सचिव रुपक कामीले स्वागत मन्तव्य राखेकोमा सञ्चालन शिक्षक इन्द्रजित रावतले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु