सत्य बटाला
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा वडा स्तरीय खानेपानी, सरसफाई स्वच्छता सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ९ नम्बर वडाको आयोजनामा वडाबासीलाई सरसफाईको महत्व बुझाउने उद्धेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सुआहारा कार्यक्रमका वास अधिकृत विकास बन्जाराले ब्यक्तिगत सरसफाई, घरायसी सरसफाई र बाताबरण सरसफाइ कसरी गर्ने, सुरक्षित पानीको पहुँच तथा प्रयोग,सुरक्षित खानाको प्रयोग, घरायसी तथा संस्थागत सरसफाई कसरी गर्ने लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।
उनले शौचालयको समुचित प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि प्रकाश पारे । मानिसको शरीर स्वस्थ बनाउन घरायसी,वातावरणिय र ब्यक्तिगत सरसफाइले बिशेष भुमिका खेल्ने बताउँदै वास उनले स्वस्थ्य बन्नका लागि सबैले पानी सुद्धिकरण गरेर मात्र पिउनु पर्नेमा जोड दिए । नगरपालिकाले २०७९ साल सम्म नगरपालिका लाई पुण सरसफाई युक्त नगरपालिका घोषणा गर्ने लक्ष्य लिएको भने २०७६ साल भित्र ९ नम्बर वडा लाई पुर्ण सरसफाइ युक्त वडा घोषणा गरिने लक्ष्य लिइएको वडाध्यक्ष तारक बहादुर शाहिले बताए । उनले पुर्ण सरसफाइका सबै सुचकहरु पुरा गरि पुर्ण सरसफाइ युतm वडा घोषणा गर्ने अभियान सफल बनाउन सबै वडाबासीले विषेश भुमिका खेल्नु पर्नेमा जोड दिए । यसैविच आठबिसकोट नगरपालिकाको ९ नम्बर वडालाई पुर्ण सरसफाइ युक्त वडा बनाउन जनपहुँच युवा क्लब, वडाबासी, कर्मचारी, सुरक्षाकमी र जनप्रतिनिहरु सरसफाइकको साता व्यापी अभियानमा सक्रिय रुपमा लागिरहेका छन ।
