आहा सञ्चार संबाददाता
रुकुम पश्चिममा मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ गरेका छन । जेठ ९ गते राती त्रिबेणी गाउँपालिका वडा नं. ६ माथिल्लो खारा स्थित मन बहादुर घर्ती मगरको पार्किङ गरी राखेको भे.८प. ९४१ नं. को पल्सर मोटरसाईकल चोरी भएको थियो ।
मोटरसाईकल चोरी भएको निबेदन पछि प्रहरीले अनुसन्धान गर्दा रुकुम पश्चिम मुसकोट नगरपलिका वडा नं. ६ डाङडुङगे बस्ने बर्ष २२ को मुकेश रावल र बर्ष १९ का बसन्त रावलले चोरी गरी ल्याई लुकाई छिपाई राखेको खुलेपछि प्रहरी टोलीले नियन्त्रण लिएको हो । दुबै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा रुकुम जिल्ला अदालत रुकुम पश्चिमबाट पहिलो पटक म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto