जयमान बुढा मगर
रुकुमपूर्व जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेका छन् । ७७ औं जिल्लाका रूपमा गत वर्षको असोज २० देखि कामकाज थालेको जिल्लाका तीनवटै स्थानीय तहमा बैंक पुगेका हुन् । गत असार महिनादेखि सिटिजन्स बैंकले भूमे गाउँपालिकाको खाबाङ बगरबाट सेवा प्रवाह गरिरहेको छ। सबै खाले बैंकिङ कारोबार सेवा दिइराखेका छ । शुक्रबार भूमे ३ मा सञ्चालित रहेको झुम्लाबाङ भिलेज फाउण्डेशन संस्थालाई सिटिजन्स बैंकले ५० हजार रकम बराबरको सामाग्री सहयोग गरेको छ । एक कम्प्युटर र एक प्रिन्टर सामाग्री हस्तान्तरण गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन अन्तर्गतको सहयोग गरिएको सिटिजन्स बैंक भूमे शाखा कार्यालयका प्रबन्धक दुर्गाबहादुर डाँगीले बताए । ‘बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गर्ने गरेका छौँ’ उनले भने, ‘बैंकको सहयोग योजना अनुसार विभिन्न क्षेत्रबाट सहयोग गर्ने गरेको र नागरिकमा बैंकिङको कारोबार गर्नमा बानी बसालदिने उद्देश्यले सहयोग गर्ने गरिएको छ ।’

फाउनडेशनले विगत ९ वर्षको अन्तरालमा शिक्षा, स्वास्थ्य, वित्तिय, संस्कृति तथा कृषि जस्ता काममा सकृया रहेको छ । विभिन्न व्यक्तिबाट सहयोग तथा श्रमदान गरेर अहिले फाउण्डेशनले विद्यालयमा भवन निर्माण, स्वास्थ्य इकाई सञ्चालन गरिराखेको र संस्कृति भवन निर्माण काम भईराखेको फाउण्डेशनका कार्यकारी निर्देशक अयज बुढाले जानकारी गराए । अहिले सम्ममा देश विदेशबाट विभिन्न व्यक्ति तथा संघसंस्थाबाट आर्थिक, भौतिक, सामाग्री तथा स्थानीयले श्रमदानबाट आफूमा भएको सिप सहयोगले फाउण्डेशन सञ्चालन भईराखेको बुढाले बताए । बैंकले पनि विद्युतिय सामाग्री सहयोग गरेकोमा स्थानीय हर्षित छन् ।
“समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता”भन्ने नेपाल सरकारको अभियानलाई सफल पार्नको लागि सिटिजन्स बैंकले नयाँ बचत योजना “सिटिजन्स सरलबचत खाता” बैंशाख १ गतेदेखि लागु हुनेगरी सर्वजनिक गरेको छ । यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकलाई बैंकको तर्फ बाट १ सय रुपैयाँ खातामा राखिदिने ब्यवस्था गरिएको हो । “सिटिजन्स सरल बचत खाता” मा भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार, आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङ सुविधा(मोबाईलबैंकिंग), अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा दर्ता, लगायत अन्य सेवाहरू उपलब्ध छन् । खाता खोलेपछि व्यक्तिले बंैकिङ कारोबार गरे अनुसार स्वास्थ्य विमाको पनि उचित व्यवस्था रहेको बैंकले जनाएको छ ।

स्थानीय तहमा बैंक नहुँदा बैंकिङ कारोबारका लागि सिस्ने गाउँपालिकाको रुकुमकोट र कतिपय अवस्थामा रुकुम पश्चिममा समेत पुग्नुपर्ने बाध्यता अब बैंक स्थापना भएपछि सहज भएको स्थानीयको भनाइ छ । तीन स्थानीय तहमै बैंकको शाखा स्थापना भएर कामकाज सुरु गरेको छ । बैंकले सरकार र सर्वसाधारण दुवैलाई सजिलो बनाइदिएको हो । सिद्धार्थ बैंकले पुथाउत्तरगंगा गाउँपालिकामा शाखा स्थापना गरी कामकाज सुरु गरेको छ । सिस्ने गाउँपालिकामा नेपाल बैंक लिमिटेड सहित चार बैंक तथा सहकारी वित्तिय संस्थाले काम सञ्चालन गरिराखेका छन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto