आहा संञ्चार सम्वाददाता
रुकुमबाट प्रकाशित आहा सञ्चार साप्ताहिक पत्रिका आफ्नो प्रकाशन यात्रा छ वर्ष पूरा गरी सात वर्षमा प्रवेश गरेको छ । बार्षिक उत्सवको अवसरमा आज रुकुम पश्चिम सदरमुकाम खलंगा चियापन तथा सम्मान कार्यक्रम गरेको छ । उक्त कार्यक्रम मार्फत सात जनालाई कदर पत्र सहित सम्मान समेत गरिएको छ । जसमा दुई जना संबाददाता सहित र पाँच लेखक तथा स्तम्भकारहरु रहेका छन । सम्मानित हुने लेखक तथा स्तम्भकारहरुमा मनलाल ओली, पहलसिंह घर्ती, अभिवक्ता रचना मल्ल, अमर ओली र हरि परियार रहेका छन । त्यसैगरी सम्वाददाताहरुमा रुकुम पश्चिमबाट सत्य बटाला र रुकुम पूर्वबाट जयमान बुढा मगर समानित भएका हुन । सम्मानित ब्यक्तित्वलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथि लगायतले खादा र सम्मान पत्रले सम्मान गरे ।
आहा सञ्चारले हरेक आफ्नो वार्षिक उत्सवमा विभिन्न व्यक्तिलाई समानित गरिदैँ आएको सम्पादक/मेगराज खड्काले बताए । ‘त्यसै अनुसार यस पटकमा खास गरी नयाँ युवा सम्वाददातालाई र नियमित प्रकाशनमा लेखक तथा स्तम्भकार सम्मान गरिएको छ’ सम्पादक खड्काले भने, ‘लेखक तथा संबाददाताहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको र आगामी दिनमा उहाँहरुके थप व्यक्तित्व विकास गर्नेमा सहयोग मिल्ने छ ।’ आहा सञ्चार आगामी दिनमा पत्रिका र अनलाईन मार्फत थप ब्यवस्थित भएर देश बिदेशका पाठकहरुको मत जीत्ने बताए ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य टेकबहादुर ओलीले रुकुमको पत्रकारिता जगतमा आहा सञ्चारले आफ्नो पृथक ईतिहास बनाएको बताए । पत्रिका मार्फत विकास निर्माण तथा जनताका कुरालाई राज्य समक्ष पु¥याइदिने र सरकारका कुरा समुदायमा पु¥याइदिने माध्यम रहेको उनको भनाई थियो । त्यसैगरी अअन्य अतिथिहरुले पनि सत्य तथ्य समाचार सम्प्रेशन गरी नागरिक हितका लागि अग्रसर हुन जोड दिए । आहा सञ्चारले छापा मिडिया मार्फत जिल्लामै अग्रणी भुमिका स्थापित बनाई राखेको र आगामी दिनहरुमा सफलताको कामना व्यक्त गरे ।
कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समितिका सदस्य टेकबहादुर ओली, विशेष अथितिमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेन्द्र खत्री, अथितिहरुमा नेपाल पत्रकार महासंघ रुकुमका संस्थापक अध्यक्ष नारायण कुमार शाह, सचिव हरिविष्णु ओली नेपाल पत्रकार महासंघ रुकुमका सचिव हरि गौतम, नेपाल पत्रकार महासंघका पूर्व सचिव टेकबहादुर ओली र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य धनविर दाहाल लगायतको उपस्थिति रहेको थियो ।
