आहा सञ्चार संबाददता
रुकुम नियमित प्रकाशन भैरहेको आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको छ बर्ष पुरा गरि ७ बर्ष प्रबेश गरेको छ । बार्षिक उत्सव अवसरमा पत्रिका प्रकाशक/सम्पादक मेगराज खड्काले हाल सम्म सहयोग र सहकार्य गर्ने पाठक, ग्राहक, बिज्ञापनदाता, संबाददाता, लेखक, कर्मचारी लगायतका सरोकारवाला सबैमा धन्यबाद ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा ब्यक्त गरेका छन । २०७० जेठ देखि आहा सञ्चार साप्ताहिक प्रकाशन शुरु भएको थियो । पत्रिका सगै आहा सञ्चार डटकम अनलाईन संस्करण मार्फत पनि देशबिदेश सगै स्थानीय समाचार र बिचारहरु पाठकमाझ ल्याईरहेको छ ।
शान्ति र समृद्धिको चाहा, समाचार र विचारमा आहा भन्ने मुल नारा लिएर निरन्तर प्रकाशित आहा सञ्चार साप्ताहिकले जनपक्षिय समाचार र विचारलाई केन्द्रमा राख्दै आएको छ । आहा सञ्चार साप्ताहिक प्रेस काउन्सिल नेपालबाट ख बर्गमा बर्गीकृत पत्रिका हो । आगामी दिनहरुमा अझै प्रभावकारी तरिकाले सामाग्रीहरु सम्पे्रसन गर्ने बताईएको छ । पत्रिकाको बार्षिकोत्सवको अवसरमा आज चियापान तथा सम्मान कार्यक्रम समेत राखिएको छ । रुकुम पश्चिम सदरमुकाम खलंगा स्थित राप्ती होटलमा दिउसो २ बजे राखिएको उक्त कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुसंग चियापान तथा पत्रिकालाई लेखरचना उपलब्ध गराएर सहयोग गर्ने लेखकहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।