एमएल ओली
ह्याँ धेरै आइया धेरै गइया । कोल्ले क्या कति द्याछन् ? क्या कति लग्याछन् ? एक एक हिस्सापकित्ताप इतिहासले रहक्याउँछ । अरुवा चेत्कान हराया पनि तमाँई हाम्रो इतिहास होसिल्लै छ भन्नु हुन्च । उइलैदेखि अइलसम्माले आ–आफ्नो बर्कत बुत्ताले धान्यासम्मौ नगर्या हुन र ? यो माँजो अभागी चाँदो कट्कटी खाँदो भन्दाइनी । ह्याँ ता गर्या पनि नगर्यास्तो होइन्च क्यारै । एइता छ, उइलाले अन्तौ इलिम र सीप सिक्न पठाइकिन ह्याँनु प्रयोग गर्न लाउँत्यो गरे । अइलाले ता भित्रभित्रै उतै सिक्ने र उतपैपाई भज्ने सिस्टिम ल्याल्योछ हेर्नोई । कोई लिगबाट ता कोई अलिगबाट दुनिया साक्कासन्तान उतैपाई घुस्रिने मान्या छन् । यो कइरम कइलसम्म चल्ने हो ? अच्चमौ मर्नु, आज सप्पै ह्वाँ जाने हो भन्या ह्याँ क्या जातले गर्ने हो ? हाक्यो दाउ बोल्यो पचास भइयापची जो गोस्याँले पनि नछेक्तो रह्ैच हेर्नोई ।
नुन्यालो मिठो भन्यालो प्यारो भन्दाइनी । यिनी तन्तरहरू पनि अल्तै भन्याला हुनन भन्दौं । मन्तरै गर्न नपर्ने क्यारै । समय परिवेश अनुसार मुल्कलाई चाइया तन्तर टुप्लुक्कै आइन्चन हेर्नोई । एक, दुई वा सोभन्दा बढी कुन तन्तर नाम्रो हुन्च होला ? “हाम्रा तन्तरहरू सप्पै नाम्रा थ्या तर मन्तर गर्नेले कस्तो गर्ने मान्या छन् त्यस्सैनु भर पर्ने रैच । तिनको मुट र मुटु कस्तो छ ? त्यइले ता छिनोफानो गर्ने रइछ क्यारै ।” जानीप्कार तथा जुकख्खाहरूलाई सोद्धा छर्लङै हुन्च । यति नाम्रा तन्तरमन्तर हुँदाहुँदै कोहुनेलाई क्या झोक चल्च ? “यो भन्दा ता उई नाम्रो” प्वाक्क भन्नेल्चन् । यिनीहरूलाई टाउक्या भन्दा भित्याकान तिख्खा हुन्चन् भन्ने क्या था ? जस्ताउ त्यस्तै उन्नैका कान्नु गइन्च । त्याँबाट ता लाइनेउ कुरो बल्लै भन्नै परेन । सुन्दै बैराक जाग्ने हेर्नोई । उइल फुर्नु हो र त्यई ल्याउना पत्ता घाँटी सुक्तासम्म चिच्याउने । अइल यो भन्दा उई नाम्रो गरे । माँज्जा हुन्नाए, गर्ने किल्ली गर्या प हुन्च क्यारै । नगर्ने किल्ली गर्या काँती हुन्च ? त्यई भइकन ता मन्तर गर्नेहरू पनि टेर्रिदान क्यारै । भन्ने मुखैती हो ह्याँ, भाइपट्यिा लराँइले फलान्ना परेल्लाई फाइदा नगरोई क्यारै ।
भनाई र गराइको ताइबी नमिल्दाखेरी जत्ति मन्तर गर्या पनि केई सौबिसौं हुन्न भन्नु हुन्च । लौ तो भन्या कुल सोज्याउन नसक्ता मुल्लै माँस्सिया उदारणहरू पनि सस्तै छन् हेर्नोई । विभिन्न कालखण्डा तन्तरले को भन्दा को कम भन्दै कस्सेइका थ्या । तन्तरमन्तरौ साइनो खुट्याउने गाईपाला, भैसापाला र मान्सपालास्तो विदिवाच्चा नपुर्याउदा यो तन्तरले आलुचना चप्पाउ हुनुपर्च । बराठै तेईभइकन ता “पात नाम्रा बुकिका हाँङ्ङा नाम्रा सिमलैका, मैना लामा बैरागीका दिन लामा दुखीका” भाका लायान क्यारै । अरुलाई भन्न र तेर्छोबाटो हर्न ता नाम्रै हुन्च क्यारै । आँपूmलाई हर्नुपर्दा दात्तैबाट पसिना चुइन्चन् । नाम्रो मलपात र गोरमेल्ले गर्दारी तमाँइका किराँत, लिच्छवी र मल्लौ तन्तर गाँज्याउ होला । त्यल्ले गर्दा काँराभ्mयाँक्रा, काइनामाइना र गँठरागँठरीहरूलाई मिल्काउन पृथवीलाई हुने नहुनेहारा भइयोहोला । त्याँपच्चीया तन्तरले धेरै खुट्किला र गौंराहरू पार गर्याछन् । एकदुई चोटी ता त्यल्ले जिउँदै निलि माङ्याउ होइन र ? मन्तर गरिकन छाद्न नपठाउँ भया अइलसम्म क्या भइसक्त्यो होला ? नकुरा गरौं ।
यो तन्तर ल्याउन जम्र्यादेखियौं बल लाइकन रकत र पसिना बगाउनेहरू मध्या धेरै जस्वा सुइनासपना पुरा भइयान क्यारै । नभया पनि भएकै मान्नुपर्च । त्यो बेला सिन्कोसम्म नभाँच्नेले मुर्रै ठुन्क्याएँ भन्ने ता कुरै आइन क्यारै । त्यो आइकिन मात्र आज तमाँई हाम्ले ढुक्कसित्त बोल्नबास्न पाछौं । नतरी बास्न ता को भन्चर ह्याँ कास्न सिमेत काँ पाई । यत्ती नाम्रो जाक्तो तन्तरलाई मुक्र्याइन मसान जगाल्नुपर्च भन्नेहरूवा गफ्याले तर्साउच । तन्तरमन्तर गर्नेहरूले पनि ढलढङ्ङ पुर्याउनैपर्च । हेलचेक्रयाइँ गर्दाबेल्ली स्याग्रुब्याग्रु मिलिकिन त्यल्लाई क्वाप्पै ननिन्याउ भया भन्नु ? अइल ता नाच्न नजान्नेले आङन बाङ्योछ भनिकिन सुक्क पाइने वाला छैन क्यारै । दिनले बुरिर्याउ भइया भन्नु, जुक्ले बुरिर्या सप्पै छन् । क्यार्दान र ? मन्तर बराई हुन्चई, जन्तर भराई हुन्च, त्यख्खो जक्चेत गर्नैपर्च । तमाँइको रुज्याउ बिराल्लाउ भरभरोसा हुन्न । त्यल्ले कुनै ट्याम्मा “म्याँऊ” गर्न सक्च । ह्याँती गर्ने कुरा, निउ खोज्नेदेखि सावधान । त्यल्ले बैठाउन बेर हुन्न भन्नु हुन्च । मौका आउच पर्खिदैन, बग्याउ खोलो खर्किदैन भन्दाइनी । अइल जोल्ले ज्यासुन्नी भनोई तो ? कत्नाम्रो पछिल्ला छाउल्याले सराउने खाल्ला कार्मकाज्र्या गर्देउ तो । त्याँपछी तन्तरमन्तरौं आयु पनि बर्च, बिरोदियौं टाँस आप्फै मर्च ।
समाप्त