आहा सञ्चार संबाददाता
आज १२ औं गणतन्त्र दिवस देशभर बिभिन्न कार्यक्रम गरेर मनाईएको छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।
१२ औ गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले पनि बिहान र्याली तथा मञ्चको कार्यक्रम गरेर मनाएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिकाको कालिकाथानबाट शुरु भएको र्याली बजार परिक्रमा गरेर मुसिकोट नगरपालिका कार्यालय सम्म पुगेको थियो । गणतन्त्र दिवस समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माको अध्यक्षतामा भएको मञ्चको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतम, उपप्रमुख प्रेमकुमारी सुनार केसी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेकपाका केन्द्रिय सदस्य बसन्त शर्मा, नेकपा रुकुम पश्चिमका सचिब बिमल कुमार पुन लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य धनबिर ओलीले गरेका थिए । कार्यक्रममा दिवसको अवसरमा आयोजित बिद्यालय स्तरीय बिभिन्न प्रतियोगीतामा स्थान हाँसिल गर्ने र गणतन्त्रको प्रवद्र्धनमा पत्रकारिता मार्फत योगदान पुर्याउने ४ जना पत्रकारहरुलाई कदरपत्रले सम्मान गरिएको थियो । हेर्नुहोस केहि दिवसका तस्बिरहरु ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto