आहा सञ्चार संबादाता
रुकुम
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ मा रहेको त्रिबेणी सिटी हस्पिटलले फिल्टर प्रदान गरेको छ । दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले १०÷१० लिटरका ३ वटा फिल्टर र ३ वटा जग प्रदान गरेको हो । बिरामिहरुलाई स्वच्छ पानीको व्यवस्थाका लागि जिल्ला अस्पताललाई १० हजार बराबर रकममा ३ वटा फिल्टर उपलब्ध गराईएको हस्पिटलका प्रबन्धक यामप्रसाद ओलीले जानकारी दिए । आईतबार अस्पतालमा भएको एक कार्यक्रमको बिच जिल्ला समन्वय समितिका सदस्य टेकवहादुर ओली र हस्पिटलका प्रबन्धक यामप्रसाद ओलीले जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओली र जिल्ला अस्पताल प्रमुख डा. महेश चौँलागाई सयुक्त रुपमा प्रदान गरे । उक्त फिल्टर बिरामीहरुलाई शुद्ध पानी सेवनका लागि प्रयोग गरिने अस्पताले बताएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा गत वर्ष स्थापना भएको हस्पिटलले त्यस क्षेत्रका विरामिहरुलाई विभिन्न स्वास्थ्य सेवा दिईरहेको छ । यसैविच दुई व्यक्तिले जिल्ला अस्पताललाई पानी सहयोग गरेका छन् । उपचारका लागि जिल्ला अस्पतालमा आएका बिरामिहरुका लागि भन्दै मुसीकोट नगरपालिका २ का बसन्त पुन र मुसीकोट ५ का गणेश केसीले ३५ कार्टुन प्रसुधित बोतल पानी उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto